Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रहबर केयरद्धारा निःशुल्क आँखा तथा स्वास्थ्य शिविर,६ सय जनाको आँखा परिक्षण

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २५,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज २५ भदौ ।
रहबर केयर तथा गौतम स्कूलको संयुक्त आयोजनामा शनिवार वीरगंज महानगरपालिका वडा नं. ३१ रहबर केयर मिलन चौकमा निःशुल्क स्वास्थ्य तथा आँखा परिक्षण शिविर सम्पन्न भएको छ ।
माट्रिका आई फाउण्डेशन र गण्डक हस्पिटलको सहयोगमा भएको शिविरबाट करिब पन्द्र सय सर्वसाधारण लाभान्वित भएको आयोजक संस्थाले जनाएको छ ।
रहबर केयरका संचालक तथा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य रहबर अंसारीले शिविरको अध्यक्षता गर्दै पर्सा जिल्ला तथा देशवासीलाई खुसी, सुखी तथा स्वस्थ्य बनाउने आफ्नो मुख्य उदेश्य रहेको बताउदै जनताको स्वास्थ्य संवेदनशिल विषय भएकोले आफुले अहोरात्र त्यसका निम्ति खटने गरेको बताए । सो कार्यक्रममा प्रमुख अतिथि नेत्र रोग विशेषज्ञ डा. किशोर प्रधानले आ–आफ्ना सान्दर्भीक भनाईहरु राखेका थिए । मिलान चोक केयरका मैनेजर कुदर्नैन अन्सरीले
आँखा शिविरमा करिब ६ सय जनाको आँखा परिक्षण गरिएकोमा करिब एक सय जनामा मोतियाबिन्दू फेला परेको जनाईएको छ । त्यसैगरी स्वास्थ्य शिविरमा हार्डजोनी तथा नशा, छाती तथा मुटुरोग, स्त्री तथा प्रसुती रोग लगायतका रोगहरुको परिक्षण गरिएको थियो ।शिविरमा स्वास्थ्य तथा आाँखा परिक्षण गराएकाहरुलाई निःशुल्क रुपमा औषधि समेत वितरण गरिएको थियो । शिविरमा गौतम स्कूलका छात्र छात्राहरुले भोलेनटियरको रुपमा सहयोग गरेका थिए ।
सो शिविरमा रामवन, टेढा, परसवा, चोर्नी, मिलनचौक, बेल्वा, ईस्लामपुर, भेडियाही, सोलखपुर, पसुरामपुर, प्रसौनी, लालपपर्सा, प्रसोतीपुर, कोनिया लगायतका गाँउका सर्वसाधारणहरुले सेवा लिएको आयोजक संस्थाले जनाएको छ । शिविरबाट लाभान्वितहरुले आयोजक संस्था र आयोजक संस्था रहबर केयरका संचालक रहबर अंसारी प्रति आभार प्रकट गरेका थिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ भाद्र २५,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ भाद्र २५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद