Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्साको क्षेत्र नम्बर ४ मा जसपा रित्तिदै

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ भाद्र २२,बुधबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, २२ भदौ । जनता समाजवादी पार्टी पर्सामा पार्टी परित्याग गर्नेहरूको लर्को लागेको छ । पर्सा जसपाका केन्द्रीय सदस्य मुरलीमनोहर तिवारी ९सिपु० सहितका नेता कार्यकर्ताले जसपा परित्याग गरेर नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । देशको परिवर्तनका लागि विभिन्न कालखण्डमा भएका आन्दोलनहरूबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक धर्म निरपेक्ष राष्ट्र स्थापना भएको र यसको जग नै माओवादी जनयुद्ध भएकोले माओवादी केन्द्रमा प्रवेश गरेको तिवारीले बताउनुभयो । नेपालका आदिवासी जनजाति, मधेसी, मुस्लिम, दलित, पिछडिएका वर्गहरूको समानुपातिक समावेशी अधिकार सुनिश्चित गर्नका लागि हामी आवद्ध जनता समाजवादी पार्टी नेपालको पनि भूमिका रहेपनि, पछिल्लो समयमा आएर जनता समाजवादी पार्टीमा स्वेच्छाचारीता, निरंकुशता र एकलौटी ढंगबाट पार्टी सञ्चालन गर्ने नेतृत्वको प्रवृत्तिले पार्टी फुटको संघारमा पुगेको तिवारीको बुझाई छ ।
नेतृत्वलाई पटक पटक बैठक र छलफलबाट पार्टीभित्र देखिएको विवाद समाधानका लागि आग्रह गरिएपनि आन्तरिक छलफलबाट समाधान नगरी सत्ता स्वार्थमा मात्रै केन्द्रित भएकोले जनता समाजवादी पार्टी नेपालबाट सामूहिक राजिनामा दिएको घोषणा गरेको विज्ञप्तिमा जनाएको छ । तिवारीको जसपा बहिर्गमनसँगै पर्सा क्षेत्र नम्बर ४ मा जसपा रित्तिएको छ । यसअघि मधेस आन्दोलनबाट स्थापित नेताहरूले जसपा परित्याग गरि माओवादीमा प्रवेश गरेका थिए । केन्द्रीय सदस्य विरेन्द्र यादव, टेक बहादुर शाक्य, प्रदेश सदस्य सलाउद्दीन अहमद, मोहन यादव लगायतका नेताहरू माओवादीमा प्रवेश गरेका छन् । कमजोर नेतृत्वकोका कारण पर्सामा हराएको माओवादी पार्टी नवप्रवेशीहरूको उत्साह र उर्जाले बलियो बन्दै गएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ भाद्र २२,बुधबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ भाद्र २२,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद