Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

प्रेस सेण्टर नेपाल पर्सा र नेकपा माओवादी केन्द्रका नेताहरूबीच समसामयिक विषयमा छलफल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ श्रावण २८,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, २८ साउन । नेकपा माओवादी केन्द्रका नेताहरूसँग प्रेस सेण्टर नेपाल पर्साले समसामयिक विषयमा छलफल गरेकाे छ । वीरगन्जकाे हाेटल कुमु प्यालेसमा नेकपा माओवादी केनद्रका केन्द्रीय सदस्य, प्रदेश सदस्य तथा जिल्ला संयाेजक लगायतका नेताहरूसँग पार्टी र संगठनबीचकाे सम्बन्ध र एकअर्काले खेल्नुपर्ने भूमिकाकाे विषयमा छलफल भएको हाे । छलफलमा पार्टीको प्रचार विभाग सदस्य एवं प्रेस सेण्टर नेपालका उपाध्यक्ष गाेविन्द देवकोटाले पार्टीका नेताहरूबीच हार्दिकता र साैहार्दता भए मात्रै पार्टीलाई बलियाे बनाउन सकिने बताउनुभयाे । उहाँले पहिलेका दिनहरूमा पार्टीका नेताहरूबीच आपसी मतभेदहरू रहेपनि प्रेस सेण्टरभित्र हार्दिकता र एकता कायम रहेकाे र यसले संगठनलाई बलियाे बनाउदै लगेकाे बताउनुभयाे । उहाँले आगामी दिनमा पार्टीमा पनि हार्दिकताका साथ सम्बन्धहरू स्थापित गर्न र पार्टीका नेताहरूसँग जुनसुकै बेलामा पनि सहयाेग र सहकार्य गर्न संगठन तयार रहेको बताउनुभयाे । छलफलमा नेकपा माओवादी केन्द्रका नेताहरूले परिवर्तनको आन्दोलनमा सञ्चार माध्यमकाे भूमिका महत्वपूर्ण रहेकाे र अझ पार्टीकै विचारबाट निर्देशित संगठनकाे पार्टी निर्माणमा भूमिका आवश्यक रहेकाे बताएका थिए । छलफलमा सहभागी केन्द्रीय सदस्य रहबर अन्सारीले पार्टी र भातृसंगठनबीच सूचना आदानप्रदान हुनुपर्ने र संगठनमा आवद्ध सदस्यहरूले सूचना दिएमा पार्टीको रणनीति बनाउन पनि सहयाेग पुग्ने बताउनुभयो । उहाँले अन्य अन्य पत्रकार संगठनहरूले भन्दा प्रेस सेण्टरले पत्रकारितामा पनि विश्वसनीयता कायम राखेकाे बताउनुभयाे । केन्द्रीय सदस्य रामबाबु बैठाले संगठनलाई ग्रामीण तहसम्म विस्तार गर्नुपर्ने सुझाव दिनुभयाे । अर्का केन्द्रीय सदस्य विरेन्द्र यादवले माओवादी केन्द्र जनयुद्धकाे जगबाट स्थापित पार्टी र परिवर्तनकाे नेतृत्व गरेको पार्टी भएकोले यसलाई अझ बलियाे र मजबुत बनाउन संगठनसँगकाे सहकार्य आवश्यक रहेकाे बताउनुभयो । त्यस्तै अर्का केन्द्रीय सदस्य टेक बहादुर शाक्यले पार्टीको सञ्चार संगठन बलियाे भएमा पार्टीलाई नै फाइदा हुने भएकोले भातृ संगठनसँग पार्टी बलियाे बनाउने सम्बन्धमा छलफल निरन्तर हुनुपर्नेमा जाेड दिनुभयाे । मधेस प्रदेश सदस्य सलाउद्दिन अहमदले परिवर्तनको एजेन्डा माओवादीकै रहेकाे र देशकाे वर्तमान राजनीति पार्टी अध्यक्ष प्रचण्डकाे वरिपरि नै घुमिरहेकाेले माओवादी बलियाे बनाउने अभियानमा आवद्ध भएको बताउनुभयो । मधेस प्रदेशका अर्का सदस्य पिएल श्रेष्ठले कुनै समयमा माओवादी पार्टीमा देखिएकाे आकर्षण अभुदपूर्व रहेपनि अहिले नेताहरूकै चरित्र र आचरणका कारण कमजाेर बन्दै गएकाे र यसलाई बलियाे बनाउन पूराना र नया, गुट उपगुटमा विभाजित हुन नहुने बताउनुभयाे । पार्टीका जिल्ला संयाेजक रामदरश कुश्वाहाले पार्टीलाई बलियाे बनाउन पार्टीका नेता र संगठनका सदस्यहरूबीच पनि सम्बन्ध सुमधुर हुनुपर्ने बताउनुभयो । प्रेस सेण्टर नेपाल पर्साका अध्यक्ष दीपक गाैतमकाे अध्यक्षतामा भएको छलफलमा सेण्टरका केन्द्रीय सदस्य नीरज पिठाकाेटे मगर, जगत राई, प्रदेश सचिव मूनेश लायाे मगर, सदस्य अशाेक श्रीवास्तव, जिल्ला सहसचिव राम मण्डल, सदस्यहरू अनिल साह अजित भूजेल, माओवादी नेता माेहन यादव, विद्यार्थी नेताहरू जुवैर आलम, संदीप विक्रम साह लगायतकाे उपस्थिति रहेकाे थियाे ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ श्रावण २८,शनिबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ श्रावण २८,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद