Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

नेपालमा वैदेशिक काठ आयातलाई निरुत्साहित गर्छु स् मन्त्री यादव

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ श्रावण २४,मंगलवार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौँ, साउन २३ । वन तथा वातावरणमन्त्री प्रदीप यावदले नेपालको सबै वन क्षेत्रको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा बृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाईने बताउनु भएको छ ।

सामुदायिक वन उपभोक्ता महासंघ नेपालले “सुशासन र समृद्धि, सामुदायिक वनमा उद्यम र उद्यमी” भन्ने मूल नाराका साथ आज आयोजना गरेको सामुदायिक वन दिवस २०७९ को कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाई नेपालमा बैदेशिक काठको आयातमा निरुत्साहित गर्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “वनको दीगो व्यवस्थापन गरी काठको उत्पादनमा बृद्धि गरी नेपाललाई काठ दाउराको मागमा आत्मनिर्भर बनाउने र बैदेशिक काठ आयातमा निरुत्साहित गर्ने मेरो योजना छ, सोही अनुसार काम गर्ने छु ।”

यसैगरी मन्त्री यादवले सामुदायिक वनले अघि सारेका कार्यक्रमले नेपालमा हरियाली वृद्धि हुन सहयोग पुग्नुका साथै वनले ओगटेको क्षेत्रफलमा उल्लेखनीय बृद्धि भइ वनको हैसियतमा सुधार आएको तथा भूक्षय नियन्त्रण एवं जलाधार संरक्षण हुँदा वन्यजन्तुको बासस्थान संरक्षण लगायत जैविक विविधतामा अतुलनीय योगदान पुगेको दावी गर्नुभयो ।

सोही कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री यादवले सामुदायिक वनकै कारण गरिब तथा विपन्न वर्गको जिविकोपार्जनमा सुधार हुनुका साथै सामाजिक बहिस्करणमा परेका महिला, दलित, आदीवासी जनजाती वर्गलाई सामाजिक मूलप्रवाहिकरण, महिला वर्गको नेतृत्व विकास तथा सामाजिक सदभाव कायम राख्न उल्लेख्य योगदान र भूमिका निर्वाह गरेको भन्दै धन्यवाद समेत व्यक्त गर्नुभयो ।

यसैगरी मन्त्री यादवले हाल विभिद कारणले वन क्षेत्रबाट टाढा रहेका तर वनका परमपरागत उपभोक्ताहरु विशेषतः मधेशी, दलित, जनजाती, आदिबासी तथा मुसलमानहरुको वन पैदावारको माग र आवश्यक्तालाई पनि प्राथमिकताका साथ पुरा गर्नु पर्ने धारणा अघि सार्नुभयो ।

सोही कार्यक्रममा मन्त्री यादवले वर्तमान अवस्थामा वन ऐनका प्रावधानहरु बमोजिक व्यवस्थापनका लागि नेपालमा करिव २२ हजार ५१९ सामुदायिक वन उपभोक्ता समूहहरुले करिव २३ लाख ५१ हजार ५७७ हेक्टर राष्ट्रिय वनको संरक्षण, व्यवस्थापन र उपयोगमा निकै सहयोग पुगेको जानकारी दिनुभयो ।

मन्त्री यादवले विषेश गरी तराई तथा मधेशका नजिक एवं टाढा दुबै स्थानमा बस्ने उपभोक्ताहरुको काठ, दाउरा लगायत वन पैदवारको आधारभूत मागलाई परिपूर्ति गर्न अझै बढी मेहनेत गर्नु बताउनुभयो । विश्वमा नै नमूनाको रुपमा रहेको नेपालको सामुदायिक वन कार्यक्रमलाई अझ बढी समूह केन्द्रित, स्वायत्त तथा सशक्त रुपमा अगाडि बढाइने मन्त्री यादवले जानकारी गराउनुभयो ।सभार जिमेलबाट

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ श्रावण २४,मंगलवार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ श्रावण २४,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद