Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home बिचार ब्लग

आदित्य एजुकेशनल इंस्ट्युशन जहाँ नेपाली बिद्यार्थीहरु सन्तुष्ट र अभिभावकहरु ढुक्क छन

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ श्रावण २२,आईतवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, साउन २२ राकेश साह
भारतको आन्ध्रप्रदेश स्थित सुरमपालम काकीनाडामा रहेको आदित्य एजुकेशनल इंस्ट्युशनमा अध्ययनरत करिब दुई सय नेपाली बिद्यार्थीहरु संतुष्ट रहेको प्रतिक्रिया दिएका छन । गत असार १२ गते जगत राईको नेतृत्वमा वीरगंजबाट गएको पत्रकारहरुको एक टोलीले स्थलगत अनुगमन गरि बिद्यार्थीहरुको प्रतिक्रिया लिएको थियो । टोलीले कलेजमा अध्ययनरत बिभिन्न संकायका ८ जना भन्दा बढि बिद्यार्थी र दुई जना अभिभावक संग प्रत्यक्ष भेटघाट गरि प्रतिक्रिया लिएको थियो ।१८० एकड क्षेत्रफलमा रहेको कलेजमा २३ देशका करिव ६०,००० हजार बिद्यार्थीहरु अध्ययनरत छन । सन् १९८४ मा स्थापना भएको कलेजमा ६००० हजार भन्दा बढि कर्मचारी छन भने बिद्यार्थी बोक्न ३०० बसहरु संचालनमा छन ।कलेजमा बिशेषगरि ईन्जिनियरीङ्ग र फार्मेसीको पढाई हुन्छ ।
नेपाली बिद्यार्थीहरु सन्तुष्ट छन्
पंकज सिंह ( बलरा नगरपालिका–१० सर्लाही)
कलेजमा कम्प्युटर साईन्स एण्ड ईन्जिनियरीङ्गमा अध्ययनरत पंकज सिंह कलेज प्रति कुनै गुनासो नरहेको प्रतिक्रिया दिए । सातौ सेमेष्टरमा अध्ययनरत सिंहले कलेजको पढाई,होस्टेल,खाना खाने मेस, प्रशासन र व्यवस्थापन सवै गर्व गर्न लायक रहेको बताए । उनी जब प्लेशमेन्टको लागि छनौट भएको बताउदै यहाँ पढेपछि अवसरको कमी नरहेको बताए ।
बर्षा गुप्ता ( शिव चौक – २ जनकपुर )
बर्षा गुप्ता पनि सोही कलेजमा कम्प्युटर साईन्स एण्ड ईन्जिनियरीङ्गमा अध्ययनरत छिन । उनी मधेश प्रदेश सरकारको पुर्ण छात्रवृतिमा सो कलेजमा अध्ययन गरिरहेकि छिन । उनी कलेजकै होस्टलमा बसेर पढछिन । गुप्ताले कलेजको अनुशासन र सुरक्षाको तारिफ गरिन । उनले गर्लस होस्टलमा निकै कडाई रहेको र कलेज प्रांगनमा भित्र उच्च निगरानी र सुरक्षा तैनाथ गरिएको बताइन । गुप्ताले कलेजले पढाई संगै बिद्यार्थीहरुको सुरक्षाको बिशेष ध्यान दिएको सुनाईन । उनी पनि सातौ समेस्टरमा अध्ययनरत छिन र सिंह संगै प्लेशनमेन्टको लागि छनौट भएको बताईन ।
सुजित साह (बहुदरमाई नगरपालिका – २ पर्सा )
पर्साको बहुदरमाई नगरपालिका वडा नम्बर २ हाल वीरगंजमा बसोवास गरेका सुजित साह पनि सोह कलेजमा कम्युटर साईन्स एण्ड ईन्जिनियरिङ्गमा अध्ययनरत छन ।उनी सेकेण्ड सेमेस्टरमा अध्ययनरत छन । उनी पनि कलेज प्रति सन्तुष्ट रहेको प्रतिक्रिया दिए । अनुगमनका क्रममा पत्रकारहरुको टोलीले पेट्रोलियम ईन्जिनियरिङ्गमा अध्ययनरत वीरगंज पानीटंकीका बिद्यार्थी सहित सिभिल ईन्जिनियरिङ्गमा अध्ययनरत जनकपुरका बिद्यार्थी सहित ८ जना नेपाली बिद्यार्थीहरु संग प्रत्यक्ष भेटघाट गरि उनीहरु संग प्रतिक्रिया लिएको थियो ।
अभिभावकहरु ढुक्क छन् ः
पन्नालाल साह ः (बहुदरमाई नगरपालिका – २ पर्सा )
बिगत एक बर्ष देखि आदित्य कलेजमा उनको छोरा कम्युटर साईन्स एण्ड ईन्जिनियरिङ्ग पढिरहेका छन । छोराको पढाई प्रति उनी संन्तुष्ट छन । उनी भन्छन म स्वयं कलेजमा एक हप्ता बसेर आएको छु , कलेजको वातावरण,मेसको खाना , पढाई, वातावरण सवै राम्रो छ ।
रेवन्त झा (गौर रौतहट)
छोराको एडमिसन गराउन कलेजमै भेटिएका रौतहट गौरका रेवन्त झा छिमेकीको छोरा यहि कलेजबाट अध्ययन गरेको र उसले राम्रो गरेको देखेर यहाँ नाम लेखाउन आएको बताए । उनले कलेजको व्यवस्थापनको तारिफ गदै शैक्षिक वातावरण राम्रो रहेको बताए । उनले छोराको कैरियर राम्रो हुने र छोरा कुसंगतमा नपर्ने ढुक्क भएकोले आफु यस कलेजमा छोरा निशान्त झाको नाम लेखाउन आएको प्रतिक्रिया दिए ।
शैक्षिक वातारण
१८० एकड क्षेत्रफलमा फैलिएको कलेजको शैक्षिक वातावरण तारिफ योग्य छ । शहर भन्दा करिव १५ किलोमिटर टाढा रहेको कलेजको वातारण निकै शान्त र हराभरा छ । कलेजको गार्डेन र सरसफाई पनि उतिकै लोभलाग्दा छन ।
धार्मिक संहिसुणताको अनुपम उदाहरण
कलेजले सवै धर्मलाई सम्मान गरेको देखियो । कलेज परिसरमा हिन्दु धर्म मान्ने बिद्यार्थीहरुको लागि सरस्वतीको मन्दिर, जैन तथा साईबाबा माथि आस्था राख्ने बिद्यार्थीहरुको लागि साईबाबाको मन्दिर, मुस्लिम धर्ममान्ने बिद्यार्थीहरुको लागि मस्जिद तथा क्रिश्चन बिद्यार्थीको लागि चर्च को व्यवस्था गरिएको छ । कलेजले सम्पुर्ण धर्मको चाडपर्व मनाउने गरेको जानकारी दियो ।
छुटाछुटै क्यान्टीनको व्यवस्था
कलेजले बिशेष गरि दुई किसिमको क्यान्टीन संचालन गरेको छ ।साउथ ईण्डियन र नर्थ ईण्डियन । जहाँ बिद्यार्थीहरुले आफनो रुचि अनुसार खाना खाने गर्छ । क्यान्टीनको खाना पनि एकदम स्वच्छ र स्वस्थ्यकर पाइयो । प्रत्येक बिद्यार्थीको छुटै थालको व्यवस्था र आफनो थालमा आफै खाना पस्किने र खाने व्यवस्था छ ।
पुस्तकालय र ल्याब
कलेजको हरेक भवनमा छुटै पुस्तकालय र ल्याबको व्यवस्था गरिएको छ । कलेजले बिद्यार्थीहरुलाई अध्ययनमा सहज होस भनेर कम्प्युटर सहित ल्याब र पुस्तकालयको व्यवस्था गरेको छ ।
अनुशासन र सुरक्षा
कलेजमा अध्ययनर सम्पुर्ण बिद्यार्थीहरुको लागि कडा अनुशासनको र सुरक्षाको व्यवस्था गरिएको छ । सिसिटिभीको निगरानीमा कलेजका सम्पुर्ण बिद्यार्थीहरुको निगरानी हुनेगरेका छ । कलेजमा अध्ययनरत बिद्यार्थीहरुलाई कलेज ड्रेस अनिर्वाय गरिएको छ । कलेजमा जुनियरलाई जिस्काउने तथा होच्याउनेलाई दण्ड सहित जरिवाना गरिएको छ , भने बिद्यार्थीहरुलाई सुरक्षा प्रदान गर्न हरेक ठाँउमा सुरक्षा गार्ड परिचालन गरिएको छ । गर्लस होस्टेलमा प्रवेश निषेध गरिएको साथै गर्लस होस्टेललाई बिद्युतिय तारले घेरिएको छ । कलेज नजाने बिद्यार्थीको एसएमएस तुरुन्त अभिभावकको मोबाईलमा जाने र के कारणले कलेज नगएको हो भनी सम्पुर्ण बिवतरण प्राप्त हुने व्यवस्था गरिएको छ ।
यायतायातको सुबिधा
कलेजले बिद्यार्थीहरुलाई ओर्सान ३०० बस संचालन गरेको छ । १०० किलोमिटर टाढाको बिद्यार्थीहरुको लागि कलेजले बस सुबिधा उपलब्ध गराएको छ ।
अस्पताल र एम्बुलेन्स सेवा
कलेजले बिद्यार्थीहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै २४ घण्टा एम्बुलेन्सको सुबिधा गरेको छ । सानो तिनो बिमारीको लागि कलेजमै अस्पतालको व्यवस्था गरिएको छ भने जटिल र गम्भिर बिरामीको लागि एम्बुलेन्स मार्फत अन्य अस्पतालको पनि व्यवस्था गरिएको छ ।
एटिएम र पसलको सुबिधा
कलेज परिसरमै चार वटा एटिएम मेसिनहरु संचालनमा रहेका छन । बिद्यार्थीहरुलाई आर्थिक कारोवार गर्न कलेजले एटिएम मेसिनको व्यवस्था गरेको छ भने सानो तिने किनमेलको लागि कलेज परिसरमा पसलहरु संचालनमा ल्याइएको छ ।
होस्टेल र जिमको व्यवस्था
छात्र र छात्राको लागि छुटाछुटै होस्टेलको व्यवस्था गरिएको छ । होस्टेलका कोठा एसी ननएसी तथा छुटै दराज र पढने बतिको व्यवस्था गरिएको छ । बिद्यार्थीहरुको लागि ईन्डोर गेम र जिमको व्यवस्था व्यवस्था गरिएको छ।
एन.सतिश रेडी (सहायक चेयरम्यान)
एन.सतिश रेडी कलेजका सहायक चेयरम्यान हुन । उनी कलेजका चेयरम्यान श्री एन.सेसा रेडीका जेठा छोरा हुन । कलेजको बागडोर उनीले नै सम्हाल्ने गरेका छन । उनीले सस्तोमा उत्कृष्ट शिक्षा प्रदान गर्नु कलेजको मुख्य उदेश्य रहेको बताए । पत्रकारहरुको टोली संगको भेटमा उनले कलेजले शिक्षामा कुनै सम्झौता नगर्ने बताए । उनले बिद्यार्थीको कैरियर बनाउन कलेज दृढ रहेको र अभिभावकको लगानी र बिद्यार्थीको समय खेर नजाने गरी कलेजले मिहिनेत गरिरहेको बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०७९ श्रावण २२,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०७९ श्रावण २२,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद