Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कर्मचारी अभावका कारण सेवाग्राही मर्कामा

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार २५,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । ईलाका प्रशासन कार्यालयमा कर्मचारी अभावका कारण सेवाग्राही मर्कामा छन् । पर्साको ग्रामीण भेगमा रहेको एक मात्र ईलाका प्रशासन कार्यालयमा कर्मचारी अभावका कारण सेवाग्राहीहरू मर्कामा परेका हुन् ।
पर्साको जिराभवानी गाउँपालिका–४ सुपौलीको ईलाका प्रशासन कार्यालयमा कर्मचारीको अभावमा सेवाग्राही मर्कामा परेका हुन । ७ जना कर्मचारी दरबन्दी रहेको ईलाका प्रशासन कार्यालयमा हाल ४ जना बाट कार्यालय सञ्चालन गर्दा सेवाग्राही मर्कामा परेको स्थानीय भरत चौधरीले बताउनुभयो ।
गत वर्ष हप्तामा २ दिन नागरिकता बन्ने प्रशासन कार्यालयमा हाल हप्तामा १ दिन बुधवार मात्रै बन्ने कारण सेवाग्राहीको भीडले गर्दा धेरै रितै हात फर्कने गरेको स्थानीयहरूले बताएका छन् ।
४ वटा पालिका जिराभवानी, जगरनाथपुर, पटेर्वासुगौली र ठोरीका जनताले नागरिकता लिन सुपौली धाउँदा पनि कर्मचारी अभावले गर्दा रितै हात फर्कनुपरेको स्थानीयको गुनासो छ ।
२०७५ साल पुस ११ गते स्थापना भएको इलाका प्रशासन कार्यालयका नायब सुब्बा बालबोद्ध कुमार ठाकुरका अनुसार एक जना अधिकृत, एक जना कम्प्युटर अपरेटर, एक जना सुब्बा थपियो भने प्रतिदिन नागरिकता वितरण गर्न सकिने छ ।
हाल कार्यरत कर्मचारीमध्ये अति आवश्यक कामले एक जना मात्रै बाहिर जाँदा काम गर्ने कठिनाइ हुने गरेको कर्मचारीहरू नै बताउँछन् ।
हप्ताको एक दिन बुधवार मात्रै नागरिकताका लागि इलाका प्रशासन कार्यालयमा जिल्ला प्रशासन कार्यालय वीरगन्जबाट अधिकृत सरहका कर्मचारीले हस्ताक्षर गर्न आउने गरेको जनाइएको छ ।
यसैगरी पर्साका १४ पालिकामा इलाका प्रशासन कार्यालय स्थापना गरी सञ्चालनमा ल्याउनुपर्ने माग पर्साका राजनैतिक दल तथा बुद्धिजीवीहरूको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०७९ असार २५,शनिबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०७९ असार २५,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद