Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

३६० किलो गाँजासहित ४ जना भारतीय पक्राउ

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार २३,बिहीबार
A A
1
SHARES
3
VIEWS
Share on FacebookShare on Twitter

पर्सा प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा पक्राउ गरेको छ । तिन दिनको अन्तरमा पर्सा प्रहरीले ४ जना भारतीय नागरीकालाई ३६० किलो गाँजासहित पक्राउ गरेको छ । प्रहरीले विषेश सुचनाको आधारमा असार २३ गते २ सय ७० किलो लागूऔषध गाँजासहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी ग्राम सेमरी वडा नं.११ घर भएका २७ वर्षीय विजेश कुमार यादव र भारत विहार पूर्वी चम्पारण पलडवा घर भएका ५० वर्षीय धर्मेन्द्र यादव रहेका छन् । प्रहरीले विहीबार विहान साढे आठ बजे वीरगन्ज महानगरपालिका वडा नं २१ परवानीपुरबाट पक्राउ गरेको हो । उक्त बाटो हुँदै गाँजा ओसारपसार भइरहेको सूचनाका अधारमा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले युपी २१ ऐन ९९५७ नम्बरको ट्रकलाई रोकेर जाँच गर्दा उक्त ट्रकको फलसाइडमा लुकाएर राखेको अवस्थामा २ सय ७० किलो गाँजा फेला परेको थियो ।
यस्तै पर्सा प्रहरीले असार २१ गते राति ९० किलो गाँजा सहित २ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत उत्तर प्रदेशस्थित कमलसागर गोपालपुर निस्फी घर भएका ३० वर्षीय रविकान्त भारती र बिहारको बेतीया जिल्ला पश्चिम चम्पारणस्थित डाकघर तेलुवा वडा नम्बर १० घर भएका २८ वर्षीय सुनिल भारती छन् ।
उनीहरूलाई प्रहरीले मंगलबार राति १० बजे वीरगन्ज महानगरपालिका वडा नं २८ बगही गेट नजिकबाट पक्राउ गरेको हो । उक्त बाटो हुँदै गाँजा ओसारपसार भइरहेको सूचनाका अधारमा प्रदेश प्रहरी कार्यालय जनकपुर तथा जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको संयुक्त टोलीले युपी ७० बिके ९९५५ नम्बरको कारलाई रोकेर जाँच गर्दा उक्त कारको डिकी र सिटमुनि लुकाएर राखेको अवस्थामा ९० किलो गाँजा फेला परेको थियो ।
पक्राउ परेका चार जनालाई लागूऔषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रमेश कुमार बस्नेतले पत्रकार सम्मेलनगरी जानकारी दिए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०७९ असार २३,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०७९ असार २३,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद