Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

माधव नेपालको पार्टी कतिखेर सकिने हो ठेगान छैन – प्रभु साह

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १३,सोमबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

रौतहट । नेकपा एमालेका स्थायी कमिटि सदस्य प्रभु साहले माधव नेपालको पार्टी कति खेर सकिने हो ठेगान नभएको बताएका छन् । सोमबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै एमाले नेता साहले यस्तो बताएका हुन् ।

पुर्वमन्त्री समेत रहेको एमाले नेता साहले माधव नेपालको एकिकृत समाजबादी पार्टीको असली हैसियत गत बैशाख ३० गतेको निर्वाचनले देखाइसकेको र पछिल्लो गतिबिधिले पनि सो पार्टी सकिन कुनै समय नलाग्ने बताए ।

प्रचण्डको पार्टीको त झन जरा नै हल्सिकेको एमाले नेता साहको भनाइ छ । नेकपा माओवादी पार्टीको कार्यकर्ताविच असन्तुष्टिहरु जता ततै छाताछुल्ल भइरहेको घटनाहरु बाहिरीई रहेको भन्दै नेता साहले प्रचण्डको पार्टीको अवस्था दयनिय रहेकोे बताए ।

अहिले देशको राजनिती नेकपा एमालेका अध्यक्ष केपी ओलीको वरीपरि घुमिरहेको साहको भनाई थियो । स्थानिय तहको निर्वाचनले नेकपा एमालेलाइ आत्तिनु पर्ने हैन हौसला दिएको उनको भनाइ थियो ।

नेकपा एमालेको मधेश प्रदेशको अबस्थाका सन्दर्भमा कार्यकर्ताहरुलाइ जानकारी गराउदै साहले अब आउने संघिय र प्रदेशको निर्वाचनमा नेकपा एमालेले बहुमत ल्याउने साहले दाबी गरे ।

अहिले पनि देशमा एमाले प्रवेश गर्नेको लर्को लागी रहेको जानकारी दिदै पुर्वमन्त्री साहले अब देश बनाउने जिम्मा नेकपा एमालेलाइ मात्रै रहेको र त्यो जिम्मा नेकपा एमालेले पुरा गरेर देखाउने समेत प्रतिबद्धता गरे ।

रौतहटमा पनि नेकपा एमालेले गठबन्धनको घेरा तोडेर पनि राम्रो मत ल्याउन सफल भएको उनको दाबी छ । कतिपय स्थानिय तहमा गठबन्धनका नेताहरु एमाले हराउन हातमुख धोएर लागी परेको समेत साहले बताए ।

नेता साहले अब हामीले जनताको मन जित्ने किसिमको काम गरेर देखाउने बेला आएको बताएका छन । नेकपा एमाले चन्द्रपर नगर कमिटिका अध्यक्ष शिव प्रसाद आचार्यको अध्यक्षतामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य उद्धब रेग्मी लगायतका नेताहरुले बोलेको नेकपा एमाले चन्द्रपुर नगर कमिटिका उपाध्यक्ष राजेन्द्र तिवारीले जानकारी दिए ।सभार राजधानी

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह
मुख्य समाचार

अलपत्र पारिएको वीरगन्जको मुख्य सडक विस्तारमा पुरानै एलाइनमेन्ट कायम गर्न उद्योग वाणिज्य संघको आग्रह

प्रकाशित : २०७९ असार १३,सोमबार
कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै
आर्थिक

कार्यवाहक प्रमुख इम्तियाज आलमको सक्रियता: महिनौंदेखि रोकिएको विपत राहत रकम पीडितलाई वितरण गरिँदै

प्रकाशित : २०७९ असार १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद