Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

दोस्रो पटक पुनःजीतपुरसिमराको नगर सभा विषय प्रवेश नगरी स्थगित

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १३,सोमबार
A A
file photo

file photo

0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

बारा । दोस्रो पटक पुनःजीतपुरसिमराको नगर सभा विषय प्रवेश नगरी स्थगित भएको छ ।बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकाको छैठौं नगर सभा पुनः सुरु नै नभई स्थगित भएको छ ।जितपुर स्थित बकुलिया क्याम्पसको सभाहलमा सोमबार आयोजना गरिएको सभा विषय प्रवेश नगरी दोस्रो पटक स्थगित भएको हो ।
दलीय प्रतिनिधित्व हुने गरी वडाध्यक्षसहित प्रमुख र उपप्रमुखसँग बसेको बैठकमा छलफल गरेर नै आजको नगरसभा स्थगित गर्ने निर्णय गरेको थियो । तर सहमति अनुरूप अर्को मिति तोकेर नगरसभा गरिनु पर्ने भएता पनि नगरसभा राष्ट्रिय गान बजार सुरु भएलगत्तै नगर प्रमुख राजन पौडेलले गणपूरक संख्या नपुगेको भन्दै सभा स्थगित भएको घोषणा गरे।

यसअघि १० गते बसेको बैठकसमेत सुरु नै नभई स्थगित भएको थियो । कार्यपालिका बैठकमा छलफलनै नगरी नीति तथा कार्यक्रम र वडा सिलिङ ल्याउन खोजिएको भन्दै वडाध्यक्ष र कार्यपालिका सदस्यले विरोध जनाएपछि सभा सुरु हुन सकेको थिएन । नगर सभामा प्रस्तुत हुनुअघि नीति तथा कार्यक्रम र वडा सिलिङको विषयमा छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको भनाइ थियो ।
सभा सुरु हुनुअघि वडाको नीति तथा कार्यक्रम र वडाको बजेट निर्धारण गर्न प्रमुख पौडेलसँग आग्रह गरेका वडाध्यक्ष र कार्यपालिकाले त्यसपछि मात्रै सभालाई अघि बढाउन माग गरेका थिए ।

सोही अनुसार आज बिहान १० बजेबाट वडाध्यक्ष र कार्यपालिका सदस्यको मागका विषयमा छलफल भएको थियो त्यसपछि केहिदिनमा कार्यपालिकाको बैठक गरेर त्यसको टुंगो लगाएर मात्रै नगरसभा गर्ने सहमति भएको थियो ।

नगरसभा सदस्यहरू समेत आज नगरसभा नहुने पक्का भएपछि घर फर्किएका थिए तर नगरप्रमुख पौडेलले नगरसभा सञ्चालन नियमावलीको प्रावधान अनुसार चौथो बैठकमा २५ प्रतिशत पुराउने हेतुले दोस्रो पटकसमेत नगरसभामा गणपूरक नपुगेको भन्दै स्थगित गरे ।

उपमहानगरपालिकाले ल्याउन नीति तथा कार्यक्रम सबै क्षेत्रलाई सम्बोधन गर्ने गरी आउनुपर्ने भएका कारण छलफल हुनुपर्ने वडाध्यक्ष र कार्यपालिका सदस्यको माग थियो। तर, नीति तथा कार्यक्रमको विषयमा कार्यपालिका बैठकमा छलफल हुन नपाएपछि वडाध्यक्षले असन्तुष्टि जनाउँदै आएका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ असार १३,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ असार १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद