विवादका कारण रोकिएको सडक निर्माणको कार्य अगाडी बढेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा करिब २ वर्षदेखि विवादका कारण सडक निर्माणको काम नवनिर्वाचित वडा अध्याक्ष रामकिशोर सिंहले अगाडी बढाएको छ । वडा नम्बर २० को हरपतगञ्ज गाउँ स्थानीय निवासी ताराचन मिश्राको घरदेखि दया शुक्लाको घरसम्म विचको दुरीमा रहेको २ सय ५० मीटर लम्बाईको १२ फिट सडकको योजना स्थानीयको विवादका कारण अघि बढ्न सकेको थिएन् ।
आर्थिक वर्ष २०७७।७८ मै बिनियोजित भएको १० लाख रुपैयाँले सो समयमा सडकको काम नभएपछि आले गर्दै आर्थिक वर्ष २०७८।७९ मा परेको थियो । उक्त बजेटबाट पनि हालसम्म सडक निर्माण नभएपछि वडाअध्यक्षमा नवनिर्वाचित युवा नेता सिंह (पराग) भएसँगै उनले स्थानीयसँग सहमती गरेर काम अघि बढाएका हुन् ।
चालु आर्थिक वर्षको अन्तिम समयमा आएर सडक निर्माणका लागि अतिक्रमण गरिएका संरचनाहरु भत्काउन थालिएको छ । प्रतिक निर्माण सेवा प्रा।ली।ले सडक बिस्तार गरेर माटो भरी ग्रेभल गर्ने जिम्मा लिएको छ ।
सडक फराकिलो हुनुले वडाबासीलाई नै आवतजावतमा सहज पुग्ने हुँदा बिकासका कार्यमा स्थानीयले बिरोध नगर्नेमा वडाअध्यक्ष पराग बिश्वस्त छन् ।
© 2024



