Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

३०४ वर्ष पुरानो गुरुकूलबारे चौतर्फी चासो -फेरि तङ्रिँदै गुरुकूल

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ असार १३,सोमबार
A A
file pic

file pic

0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

महोत्तरी, १३ असार ः तीन सताब्दीदेखि शिक्षाको ज्योति छरी रहेको गुरुकूल आफ्नो ढलेको मुहार फेर्दैछ ।

महोत्तरीको मटिहानी नगरपालिका–७ स्थित ३०४ वर्ष पुरानो गुरुकूलबारे चौतर्फी चासो बढेपछि भग्नावशेष बनेको भवन अहिले जीर्णेद्धार पाएर तङ्रिन थालेको हो ।

विसं १७७५ मा स्थापित यो गुरुकूलले अहिले राजकीय संस्कृत माध्यमिक विद्यालयको नाउँ पाएको छ । गत वर्षको बर्खे भेलले ढलेको विद्यालयको छात्रावास भवन गत मङ्सिरमा राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नु भएपछि यसबारे चौतर्फी चासो बढेको विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद पौडेल बताउनुहुन्छ । राष्ट्रपतिको भ्रमणलगत्तैदेखि विभिन्न निकायले गुरुकूलबारे चासो बढाएका उहाँको ठम्याइ छ ।

मधेस प्रदेश सरकारको आर्थिक मामिला मन्त्रालयको सहयोगमा अहिले गुरुकूलको छात्रावास भवनको पुरानो संरचनाको मर्मतसम्भार थालिएको छ । मन्त्रालयबाट विनियोजित रु ५० लाख बजेटबाट अहिले बर्खेभेलले ढलेको छात्रावास भवनको जीर्र्णोेद्धार कार्यमा दिनरात नभनी २५ भन्दा बढी कामदार निरन्तर जुटेका छन् । करिब १०० वर्षअघि निर्मित गत वर्षको भेलमा मक्किएर ढलेको छात्रावास भवनलाई पुरानै ढाँचामा मर्मतसम्भार गरिँदै छ ।

“अब गुरुकूल नयाँ रङरोगनका साथ आफ्नो पुरानोरुपमा फर्कने आश जाग्यो”, प्रअ पौडेल भन्नुहुन्छ, “गत मङ्सिरमा महामहिम राष्ट्रपतिज्यूको गुरुकूल परिसरमा अवलोकन भ्रमण भएदेखि नै सहयोगी हात थपिएका छन् ।” यस वर्ष (आव २०७८÷०७९) ढलेको छात्रावास भवनको मर्मतसम्भारको जीर्णोद्धार कार्यलाई रु ५० लाख बजेट विनियोजन गरेको मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९÷०८० का लागि रु दुई करोड विनियोजन गरेको जानकारीले विद्यालय परिवार हर्षित भएको पौडेल बताउनुहुन्छ । मुलुककै जेठो गुरुकूललाई संस्कृत वाङ्मयको अध्ययन÷ अनुसन्धानको अन्तर्राष्ट्रिय केन्द्र बनाइने गरी काम अघि बढाइने मधेस प्रदेश सरकारको आगामी आवको नीति तथा कार्यक्रममा उल्लेख भएको छ ।

यसबाहेक यसैपालि राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत गुरुकूलले चारकोठे नयाँ पक्की भवन पाएको छ । यसअन्तर्गत रु ३६ लाखको लागतमा भवन निर्माणको काम थालिएको प्रअ पौडेलले जानकारी दिनुभयो । यसैगरी प्रदेश सरकारकै सामाजिक विकास मन्त्रालयअन्तर्गतको शिक्षा समन्वय एकाइको रु २० लाखको सहयोगमा यहाँ सभाहल पनि निर्माण गरिएको छ ।

“राष्ट्रपतिज्यूको भ्रमणयता गुरुकूलबारे आमरुपमै चासो बढ्यो, गत मङ्सिरको राष्ट्रपतिज्यूको मटिहानी भ्रमणयता विशिष्ट व्यक्तित्वको उपस्थिति हामीले पाएका छौँ”, उहाँ भन्नुहुन्छ, “यही चौतर्फी चासोले गुरुकूल मुहार फेर्दैछ ।” अन्य नयाँ भवनका डिजाइन नयाँ बने पनि छात्रावास भवनकोे पुरानै शैलीमा जिर्णोद्धार कार्य गरिएको उहाँको भनाइ छ । दैनिक बटुकबाट रुद्राभिषेक हुने गुरुकूलमा अहिले कक्षा ८ देखि १२ सम्मका १५० नियमित छात्रछात्रा छन् । सबै जातजाति र समुदायका लागि गुरुकूल खुला रहेको प्रअ पौडेल बताउनुहुन्छ ।

“हाम्रो गुरुकूलमा हिन्दू परम्पराका विभिन्न जातजाति समुदायका मात्र हैन, इस्लाम धर्म परम्पराका छात्र पनि छन्”, उहाँले भन्नुभयो । रामायणकालीन जनश्रुतिअनुसार रामसीताको विवाहमा वेदी बनाउन माटो खनिएको ठाउँ मानिने मटिहानीको आधुनिक विकासमा भने दुई सन्तहरू तश्मैयाबाबा र पिरबाबाको सपना र लगनले काम गरेको यहाँका बासिन्दा बताउँछन् । तश्मैयाबाबा हिन्दू सन्त र पिरबाबा इस्लाम परम्पराका सुफी सन्त हुनुहुन्थ्यो । यी दुवै सन्तको आशिर्वादले आफ्नो ठाउँमा धार्मिक र सामाजिक सद्भाव कहिल्यै नबिग्रेको मटिहानीका नगरप्रमुख हरिप्रसाद मण्डल बताउनुहुन्छ ।

शिक्षाप्रेमी सन्त तस्मैया बाबाको प्रेरणा पाएका उहाँकै शिष्य जयकृष्ण दासले विसं १७७५ मा मटिहानीमा गुरुकूलको स्थापना गर्नुभएको विश्वास गरिन्छ । सिद्ध सन्तको स्नेह र उहाँहरूको कर्मस्थल मटिहानीस्थित गुरुकूलबारे अब राज्यका विभिन्न निकायबाट चासो जागेपछि यसले मुलुककै शैक्षिक गन्तव्यका रुपमा विकास गर्ने नगरप्रमुख मण्डलको विश्वास छ । (रासस)

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ असार १३,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ असार १३,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद