Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

अनेरास्ववियुले मूल्यवृद्धि फिर्ता लिन विज्ञप्ति जारी

by अनलाईन वीरगंज
प्रकाशित : २०७९ जेष्ठ ९,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

अनेरास्ववियुले सोमबार विज्ञप्ति जारी गर्दै तत्काल मूल्यवृद्धि फिर्ता लिन माग गरेका छन् । नेपाल सरकारले आयल निगम चुहावट गर्नुको सटा कर्मचारीलाई बोनस र भत्ता बाड्न मस्त भएको अनेरास्ववियुले विज्ञप्ति जारी गरि आरोप लगाएका छन् ।
अनेरास्ववियुकी अध्यक्ष आशिफ अहमद मुल्य वृद्वि बारे ‘मूल्य समायोजन भन्ने बहानामा अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउने तर घटदा नघटाई, सरकारले विभिन्न वाहानामा जनतालाई दुख दिने काम मात्र गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
अहमद भने आफ्नो कमजोरी लुकाउन निगमले निरन्तर घाटामा देखाएर नाफा निकाल्ने उद्देश्य राखेर गरेको मूल्यवृद्धिको कदमप्रति गम्भीर खेद व्यक्त गरेकी हुन् । ‘जनताको आधारभूत आवश्यकतासँग प्रत्यक्ष रुपमा गाँसिएका वस्तुहरुमा मूल्यवृद्धि गर्दै निगमले आफ्नो कमजोरी लुकाउन निरन्तर घाटामा देखाएर केवल नाफा निकाल्ने उद्देश्य राखी पटक–पटक मुल्य वृद्धि गर्ने कदमप्रति अनेरास्ववियु गम्भीर खेद व्यक्त गर्न चाहन्छौँ ।
अनेरास्ववियु मुलुकमा व्याप्त महंगी, भ्रष्टाचार, चुहावटको विरुद्ध फेरि संघर्षमा होमिनुपर्ने अवस्था आएको उनको भनाई छ । जारी विज्ञप्तिमा भनिएको छ,‘स्थानीय तह निर्वाचनको मतदानको मसी सुक्न नपाउदै जनतामारा सरकारले मूल्यवृद्धिको उपहार जनतालाई दिएको छ ।’
नेपाल आयल निगमले पटक–पटक बढाएको छ । आइतबार रातिबाट लागू हुने गरी खाना पकाउने एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ सय रुपैयाँले बढेको छ। अब उपभोक्ताले एक सिलिन्डरलाई १ हजार ८ सय रुपैयाँ तिर्नुपर्ने भएको छ। निगमले पेट्रोलियमको मूल्य प्रतिलिटर १० रुपैयाँ बढाएको छ। पेट्रोल अब प्रतिलिटर १ सय ८० र डिजेल÷मट्टितेल १ सय ६३ रुपैयाँ पर्ने निगमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
निगमले हवाई इन्धन (आन्तरिकतर्फ)को मूल्य पनि बढाएको छ। प्रतिलिटर १० रुपैयाँ बढाएर १ सय ६६ रुपैयाँ बनाइएको छ । हवाई इन्धन (बाह्य) अमेरिकी डलर १.५४५ बनाइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य निरन्तर बढ्दै गएकाले नेपालमा पनि मूल्य बढाएको जनाइएको छ । मूल्य समायोजनपछि अब १५ दिनमा पेट्रोलमा मासिक १ अर्ब, डिजलमा ३ अर्ब ४० करोड र एलपी ग्यासमा ३ अर्ब घाटा हुने देखिएको निगमको दाबी छ। निगमले चैत २२ गते ग्यासको मूल्य बढाएर १ हजार ६ सय कायम गरेको थियो । पेट्रोलियमको भाउ वैशाख ३१ गते लिटरमा १० रुपैयाँ बढाएको थियो। पेट्रोलियम पदार्थको कारोबारबाट घाटा बढेपछि निगम भाउ बढाउन बाध्य भएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले बताए। तेल खपत घटाउन सरकारले सातामा दुई दिन सार्वजनिक बिदा दिन थालेको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर
मुख्य समाचार

नेशनल मेडिकल कलेज र प्रिस्टिन भ्याली ड्राइपोर्टद्वारा वीरगन्जमा निःशुल्क स्वास्थ्य शिविर

प्रकाशित : २०७९ जेष्ठ ९,सोमबार
स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप
मुख्य समाचार

स्काईलाइन मलमा नयाँ क्यासिनो सञ्चालनमा अदालतको रोक, प्रहरीको सिफारिस पत्र गायब भएको आरोप

प्रकाशित : २०७९ जेष्ठ ९,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद