Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

सिटिजन्स बैंकद्वारा जनजाति कल्याण आश्रमका ३२ विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
A A
4
SHARES
22
VIEWS
Share on FacebookShare on Twitter

पर्सा। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको वीरगञ्जस्थित कृष्ण प्रणामी चोक शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) कार्यक्रमअन्तर्गत जनजाति कल्याण आश्रम, वीरगञ्जमा अध्ययनरत विपन्न तथा सीमान्तकृत समुदायका विद्यार्थीहरूलाई शैक्षिक सामग्री सहयोग गरेको छ।

वीरगञ्ज महानगरपालिका–१०, आदर्शनगरस्थित जनजाति कल्याण आश्रमले लामो समयदेखि आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रबाट आएका विद्यार्थीहरूलाई शिक्षा र छात्रावास सुविधा उपलब्ध गराउँदै आएको छ। आश्रममा हाल विभिन्न तहमा अध्ययनरत ३२ जना विद्यार्थी रहेका छन्।

विद्यार्थीहरूको शैक्षिक आवश्यकतालाई ध्यानमा राख्दै बैंकले नोटबुक, कलम, पाठ्यपुस्तक, अभ्यास पुस्तिका, वैज्ञानिक क्याल्कुलेटर, ज्यामिति बक्स, एटलसलगायत आवश्यक स्टेशनरी सामग्री उपलब्ध गराएको हो। यस सहयोगले विद्यार्थीहरूको अध्ययनलाई थप सहज, प्रभावकारी तथा गुणस्तरीय बनाउन मद्दत पुग्ने अपेक्षा गरिएको छ। सामग्री हस्तान्तरण कार्यक्रममा बैंकका प्रदेश व्यवसाय अधिकृत सुरेश प्रसाद थपलिया, कृष्ण प्रणामी चोक शाखाका शाखा प्रबन्धक प्रशान्त कुमार कर्ण तथा कर्मचारी सुभद्रा पाठक र दिपु गुप्ता सहभागी थिए। उनीहरूले आश्रमका वरिष्ठ उपाध्यक्ष राजकुमार दारुका, सह–कोषाध्यक्ष गणेश खेतान, राष्ट्रिय छात्रावास प्रमुख महेश्वर हाँस्दा तथा सह–छात्रावास प्रमुख दिनेश कुमार पासवानको उपस्थितिमा विद्यार्थीहरूलाई उक्त सामग्री हस्तान्तरण गरेका थिए।

बैंकले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक तथा शैक्षिक क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यले विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि यस्ता सामाजिक तथा शैक्षिक कार्यक्रमलाई निरन्तरता दिने बैंकको योजना रहेको बताइएको छ। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशभरका ६१ जिल्लामा फैलिएका २०० शाखा, १६९ एटीएम, ३ विस्तारित काउन्टर तथा ४२ शाखारहित बैंकिङ इकाइमार्फत करिब २० लाख ग्राहकलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते
मुख्य समाचार

खानेपानी र सडक बत्तीको अभावले स्थानीयवासी मारमा, अन्धकारमा लडेर एक घाइते

प्रकाशित : २०८३ जेष्ठ २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद