Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home आर्थिक

कलश मिल्क इन्डस्ट्रिजमा मापदण्ड उल्लंघन, सुधार गर्न २४ घण्टे निर्देशन

by अनलाईन वीरगंज
प्रकाशित : २०८३ बैशाख २८,सोमबार
A A
0
SHARES
1
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्साको पकाहा मैनपुर गाउँपालिका–०१, धोरेस्थित कलश मिल्क इन्डस्ट्रिज प्रा। लि। मा अनुगमन टोलीले छापा मार्दै विभिन्न मापदण्ड उल्लंघन भएको पाइएको छ। उपभोक्ताबाट प्राप्त उजुरीका आधारमा गरिएको अनुगमनपछि उद्योगमा स्वच्छता र गुणस्तरसम्बन्धी गम्भीर कमजोरी भेटिएको हो।

दूध तथा दुग्धजन्य पदार्थ—जस्तै दूध, आइसक्रिम, घ्यू, खोवा र पनिर—उत्पादन गर्दै आएको उक्त उद्योगले “दुग्ध तथा दूध पदार्थ उत्पादनको स्वच्छता एवं गुणस्तर निर्देशिका–२०७५” अनुसार आवश्यक मापदण्ड पूरा नगरेको अनुगमन टोलीले जनाएको छ।

अनुगमनका क्रममा उद्योग परिसरमा सरसफाइको कमी, प्रयोगमा रहेका मेसिनहरू जिर्ण अवस्थामा रहेको तथा आवश्यक कागजात अद्यावधिक नगरिएको पाइएको थियो। उपभोक्ताको स्वास्थ्यमा प्रत्यक्ष असर पार्न सक्ने यस्ता कमजोरीलाई गम्भीर रूपमा लिँदै तत्काल सुधार गर्न निर्देशन दिइएको छ। साथै, उद्योगलाई जरिवाना समेत गरिएको जनाइएको छ।

टोलीले उद्योगलाई लिखित निर्देशन जारी गर्दै मापदण्ड किन पूरा नभएको भन्ने स्पष्ट कारणसहित २४ घण्टाभित्र सम्पूर्ण कागजात लिएर सम्बन्धित कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ। अन्यथा खाद्य ऐन तथा नियमावलीअनुसार कडा कारबाही हुने चेतावनी दिइएको छ।

अनुगमन टोलीले व्यवसायीहरूलाई स्वच्छता र गुणस्तरमा कुनै सम्झौता नगर्न आग्रह गर्दै उपभोक्तालाई सुरक्षित खाद्य पदार्थ उपलब्ध गराउन जोड दिएको छ। साथै, आगामी दिनमा यस्ता उद्योग तथा व्यवसायमाथि अनुगमन थप कडाइका साथ जारी रहने जनाएको छ।

अनुगमन टोलीमा वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय वीरगञ्ज, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, वडा कार्यालय तथा सञ्चारकर्मीहरूको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्च अदालतको अल्पकालीन आदेश
मुख्य समाचार

विद्यार्थी संगठन खारेज नगर्न सर्वोच्च अदालतको अल्पकालीन आदेश

प्रकाशित : २०८३ बैशाख २८,सोमबार
श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

मोटरसाइकल चोरर भाग्दै गरेका युवक वीरगन्जको यातायात कार्यालयबाट पक्राउ

प्रकाशित : २०८३ बैशाख २८,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद