Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्जमा निःशुल्क आँखा शिविर, ४५० विद्यार्थी लाभान्वित

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । पर्साको वीरगञ्जस्थित हरी खेतान बहुमुखी क्याम्पस परिसरमा निःशुल्क आँखा शिविर सम्पन्न भएको छ। शिविरमा क्याम्पसमा अध्ययनरत ४५० जना विद्यार्थीको निःशुल्क आँखा परीक्षण तथा उपचार गरिएको आयोजकले जनाएको छ।

सिद्धी आँखा उपचार केन्द्र, ग्रीन सिटी सामुदायिक सेवा केन्द्र र ग्रीन सिटी सामुदायिक प्रहरी सेवा केन्द्रको संयुक्त आयोजनामा सम्पन्न शिविरमा डा। आदित्य प्रसाद, डा। बिपिसा श्रेष्ठ लगायतले विशेषज्ञ सेवा प्रदान गरेका थिए। कार्यक्रममा डा। निरज सिंह, प्रहरी नायब निरीक्षक दिपेन्द्र टमटा तथा समाजसेवी कमल चौगाईको समेत सहभागिता रहेको थियो।

शिविरमा विद्यार्थीहरूको आँखा परीक्षण, आवश्यक परामर्श तथा औषधि वितरण गरिएको थियो। चिकित्सकहरूले आँखासम्बन्धी समस्या समयमै पहिचान गरी उपचार गराउन सुझाव दिएका थिए। सहभागीहरूले यस्ता कार्यक्रम प्रभावकारी हुने र सम्भावित जटिलता तथा दुर्घटनाबाट जोगिन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन्।

कार्यक्रमका क्रममा लायन्स क्लब काठमाडौंबाट आएका प्रतिनिधिहरूले रामऔतार खेतान, डा। निरज सिंह, दिपेन्द्र टमटा र जय प्रकाश खेतानलाई विशेष योगदानको कदरस्वरूप ब्याज पिन प्रदान गरी सम्मान गरेका थिए।

शिविरका प्रमुख अतिथि क्याम्पसका संस्थापक रामऔतार खेतान रहेका थिए भने कार्यक्रमको अध्यक्षता ग्रीन सिटी सामुदायिक सेवा केन्द्र आदर्शनगरका अध्यक्ष जय प्रकाश खेतानले गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट
मुख्य समाचार

समाचारपछि गहवामाई क्षेत्रका मिठाई पसलमा अनुगमन, २५ केजी लड्डु नष्ट

प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने
धर्म

गहवामाईको चौथो रथयात्रामा नेवा समुदायको पहिचानसहित सहभागी हुने

प्रकाशित : २०८२ चैत्र ६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद