Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

मानव बेचबिखन विरुद्धको अभियान” अन्तर्गत सूचना तथा परामर्श केन्द्र सञ्चालनमा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र ४,बुधबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज — ज्योति सामुदायिक विकास सेवा नेपाल, शाखा कार्यालय वीरगंज–पर्साले “मानव बेचबिखन विरुद्धको अभियान” अन्तर्गत सूचना तथा परामर्श केन्द्र सञ्चालनमा ल्याएको छ।
वीरगंज महानगरपालिका–१६ स्थित भन्सार गेटको उत्तरपट्टि स्थापना गरिएको उक्त केन्द्रको औपचारिक उद्घाटन बुधबार सम्पन्न भएको हो । कार्यक्रम ज्योति सामुदायिक विकास सेवा नेपालका केन्द्रीय उपाध्यक्ष राजन सुनारको सभापतित्वमा सम्पन्न भएको थियो। कार्यक्रममा वीरगंज महानगरपालिका–१६ का वडाध्यक्ष परशुराम चौरसिया प्रमुख अतिथिका रूपमा सहभागी थिए ।उद्घाटन कार्यक्रममा बोल्दै सभापति सुनारले मानव बेचबिखन जस्तो जघन्य अपराध नियन्त्रणका लागि सबै पक्षको सहकार्य आवश्यक रहेको बताए। उनले सूचना तथा परामर्श केन्द्रको स्थापना मानव बेचबिखन रोकथामतर्फ महत्वपूर्ण कदम भएको उल्लेख गर्दै यसमार्फत जोखिममा रहेका समुदायलाई समयमै सचेतना, परामर्श र सहयोग प्रदान गरिने विश्वास व्यक्त गरे। साथै, स्थानीय सरकार, सुरक्षा निकाय र सरोकारवाला निकायसँग समन्वय गर्दै अभियानलाई थप प्रभावकारी बनाइने धारणा राखेका थिए । प्रमुख अतिथि चौरसियाले मानव बेचबिखन विरुद्धको अभियानलाई स्थानीय तहबाट पूर्ण साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे। उनले समाजमा बढ्दो जोखिम न्यूनीकरण गर्न यस्ता केन्द्रहरूको भूमिका महत्वपूर्ण हुने उल्लेख गर्दै जनचेतना अभिवृद्धि र पीडित संरक्षणमा सबैले जिम्मेवारीपूर्वक काम गर्नुपर्ने बताए। साथै, वडा कार्यालयबाट आवश्यक समन्वय र सहयोग निरन्तर रहने विश्वास दिलाए।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरीक्षक राजु कार्कीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणका लागि प्रहरीसँगै समुदाय, स्थानीय तह र विभिन्न संघ–संस्थाहरूको सक्रिय सहकार्य आवश्यक रहेको बताए। सीमावर्ती जिल्ला भएकाले पर्सा मानव बेचबिखनको उच्च जोखिममा रहेको उल्लेख गर्दै उनले यस्ता केन्द्रहरूले सूचना संकलन, जनचेतना अभिवृद्धि र पीडितलाई सहयोग पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरेका थिए।
उनले मानव बेचबिखन सम्बन्धी कुनै पनि शंका वा घटना भएमा तत्काल प्रहरीलाई जानकारी गराउन सर्वसाधारणलाई आग्रह गरे। साथै, यस्ता अपराध नियन्त्रणमा जिल्ला प्रहरी कार्यालय पर्सा सदैव प्रतिबद्ध रहेको उल्लेख गर्दै ज्योति सामुदायिक विकास सेवा नेपालले थालेको पहल प्रशंसनीय रहेको बताए।
कार्यक्रममा सशस्त्र प्रहरी बल भन्सार सुरक्षा गुल्मका प्रहरी नायब उपरीक्षक विकास अधिकारी, वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरीक्षक विक्रम सुबेदी तथा ज्योति सामुदायिक विकास सेवा नेपाल पर्साका उपाध्यक्ष विजय पासवानलगायतको सहभागिता रहेको थियो। कार्यक्रमको सञ्चालन संस्थाका सचिव निरज आचार्यले गरेका थिए।
उक्त केन्द्रमार्फत मानव बेचबिखन तथा ओसारपसार विरुद्ध जनचेतना अभिवृद्धि गर्नुका साथै पीडित तथा जोखिममा रहेका व्यक्तिहरूलाई आवश्यक सूचना, परामर्श र सहयोग उपलब्ध गराइने संस्थाले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ चैत्र ४,बुधबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ चैत्र ४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद