Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बहाल कर संकलन व्यवस्थित बनाउन वीरगंज महानगरको पहल, सरोकारवालासँग छलफल

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २,सोमबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज। वीरगंज महानगरपालिकाले घरबहाल कर संकलनलाई व्यवस्थित बनाउने, करको दायरा विस्तार गर्ने तथा स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने विषयमा सरोकारवालासँग छलफल गरेको छ।

महानगरप्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको बैठकमा बहाल कर संकलनलाई प्रभावकारी बनाउने र कर प्रशासनलाई व्यवस्थित गर्ने विषयमा विस्तृत छलफल गरिएको हो।

बैठकमा महानगरप्रमुख सिंहले घरबहाल कर संकलन गर्ने एकल अधिकार स्थानीय सरकारको भए पनि हाल उक्त कर संघीय सरकारअन्तर्गतको आन्तरिक राजश्व कार्यालयमा जम्मा हुने परिपाटीका कारण स्थानीय तहको राजस्व गुमिरहेको उल्लेख गर्नुभयो। उहाँले संविधानले स्थानीय तहलाई दिएको अधिकारअनुसार घरबहाल कर महानगरपालिकामै बुझाउने व्यवस्था लागू गर्न सबै पक्षको सहयोग आवश्यक रहेको बताउनुभयो।

त्यसैगरी, आन्तरिक राजश्व कार्यालय वीरगंजका प्रमुख कर अधिकृत टिकाराज चौलागाईले महानगरपालिकाको अभियानमा सहयोग गर्न कार्यालय तयार रहेको जानकारी दिनुभयो। उहाँका अनुसार करदाता सेवा कार्यालय खारेज भएपछि स्थानीय तहबाटै प्यान नम्बर जारी गर्ने प्रक्रिया अघि बढिरहेको छ र आवश्यक प्राविधिक सहयोग उपलब्ध गराउन कार्यालय तयार रहेको छ।

छलफलमा घरबहाल करलाई व्यवस्थित रूपमा संकलन गर्ने, करको दायरा फराकिलो बनाउने तथा महानगरपालिकाबाटै प्यान नम्बर जारी गर्ने सम्भावनाबारे पनि विचार विमर्श गरिएको थियो।

बैठकमा आन्तरिक राजश्व कार्यालयका प्रतिनिधि, लेखा परीक्षक, लेखा व्यवसायी तथा स्थानीय व्यवसायीहरूको सहभागिता रहेको थियो। सहभागीहरूले कर प्रणालीलाई सरल, पारदर्शी र सेवामैत्री बनाउन स्थानीय तह, कर कार्यालय र व्यवसायीबीच सहकार्य आवश्यक रहेको धारणा व्यक्त गर्दै कर सम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औँल्याएका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ चैत्र २,सोमबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ चैत्र २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद