Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

कञ्चनजंघा स्कुलमा लागूऔषध विरुद्ध जनचेतनामूलक कार्यक्रम

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ चैत्र २,सोमबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलले लागूऔषध दुर्व्यसन तथा ओसारपसार विरुद्ध जनचेतना फैलाउने उद्देश्यले कञ्चनजंघा स्कुलमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको छ।

प्रहरी–सामुदायिक साझेदारी कार्यक्रमअन्तर्गत नेपाल प्रहरी अन्तर्गतको वडा प्रहरी कार्यालय बिर्ता को सहयोगमा कार्यक्रम सम्पन्न गरिएको हो।

सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीको अध्यक्षता तथा वडा प्रहरी कार्यालय बिर्ताका प्रमुख प्रहरी निरीक्षक विक्रम सुवेदीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो। कार्यक्रममा वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, कञ्चनजंघा स्कुलका प्रधानाध्यापक बसन्त बुढाथोकी, विद्यालयका निर्देशक मार्टिन मोक्तान लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

त्यसैगरी सामुदायिक प्रहरीका सदस्यहरू सुमित्रा भूमिहार, ज्ञानमाया रायमाझी, नरेन्द्र अग्रवाल, बिर्ता प्रहरीका पाचु राम, राज साह कानु तथा सामुदायिक प्रहरी जवान सुरज सिंहसहित विद्यालयका शिक्षक र कक्षा ९ र १० का विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथि तथा प्रशिक्षक प्रहरी निरीक्षक सुवेदीले लागूऔषध के हो भन्ने विषयमा जानकारी दिँदै यसको सेवनले मानिसलाई शारीरिक, मानसिक, आर्थिक र सामाजिक रूपमा क्रमशः कमजोर बनाउने बताए। उनले लागूऔषध दुर्व्यसनले मानिसलाई अन्ततः समाजबाट बहिष्कृत बनाउने र अल्पकालमै दुःखद मृत्युको अवस्थामा पुर्‍याउन सक्ने भएकाले समयमै सचेत रहन र अरूलाई पनि सचेत गराउन आग्रह गरे।

प्रशिक्षणका क्रममा उनले वृतचित्र, विभिन्न तस्बिर र सन्देशमूलक नाराहरूको माध्यमबाट लागूऔषध दुर्व्यसनका असर तथा कानुनी सजायबारे जानकारी दिएका थिए। साथै विद्यार्थीहरूले उठाएका विभिन्न जिज्ञासा र प्रश्नहरूको उत्तर दिँदै उनीहरूलाई सन्तुष्ट पारेका थिए।

कार्यक्रममा सामुदायिक प्रहरी कुम्हालटोलका अध्यक्ष चौधरीले लागूऔषधले मानिसको बुद्धि नष्ट गरी जीवनलाई नर्क बनाउने भएकाले यसबाट आफू र समाजलाई जोगाउन सबैले सचेत हुनुपर्नेमा जोड दिएका थिए। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने वडा प्रहरी कार्यालय बिर्ता, प्रशिक्षक प्रहरी निरीक्षक सुवेदी, अतिथिहरू तथा विद्यालय परिवारप्रति आभार व्यक्त गरे।

सो अवसरमा कञ्चनजंघा स्कुलका निर्देशक मोक्तानले प्रमुख अतिथि, अतिथिहरू तथा आयोजक टोलीलाई खादा ओढाएर मायाको चिनो प्रदान गरी सम्मान गरेका थिए। कार्यक्रममा स्वागत मन्तव्य सामुदायिक प्रहरी कुम्हालटोलका वरिष्ठ उपाध्यक्ष सियाराम नेपालीले राखेका थिए भने कार्यक्रमको सहजीकरण सचिव श्रवणबहादुर रायमाझीले गरेका थिए।

अन्त्यमा विद्यालयका निर्देशक तथा सामुदायिक प्रहरी कुम्हालटोलका सल्लाहकार मोक्तानले सामुदायिक प्रहरी सेवा केन्द्र कुम्हालटोलका अध्यक्ष रमेश चौधरीसहित सम्पूर्ण टोली तथा लागूऔषध सम्बन्धी प्रभावकारी प्रशिक्षण प्रदान गर्ने प्रहरी निरीक्षक सुवेदीप्रति आभार व्यक्त गरेका थिए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ चैत्र २,सोमबार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ चैत्र २,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद