Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

विश्व सिख वातावरण दिवसमा त्रीजुद्ध स्कुलमा वृक्षारोपण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ३०,शनिबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — विश्व सिख वातावरण दिवसको अवसरमा वीरगञ्ज–४ स्थित ऐतिहासिक त्रीजुद्ध स्कुल परिसरमा वृहत् वृक्षारोपण तथा सरसफाइ कार्यक्रम सम्पन्न गरिएको छ।

श्री गुरुनानक सेवा प्रतिष्ठान, शोध केन्द्र नेपाल र प्रकृति सेवा प्रतिष्ठान नेपालको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा प्रतिष्ठानका संस्थापक अध्यक्ष सरदार जसपाल सिंहको अध्यक्षता तथा वरिष्ठ समाजसेवी वेदप्रकाश गर्गको प्रमुख आतिथ्य रहेको थियो।

कार्यक्रममा डा. गणेश अग्रवाल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुपेशमान सिंह, प्रधानाध्यापक हरेन्द्र प्रसाद कुर्मी, समाजसेवी प्रकाश उपाध्याय, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, जतिन्दर सिंह, रुपनारायण सिंहलगायत शिक्षक, सञ्चारकर्मी तथा दृष्टिविहीन छात्रावासका विद्यार्थीहरूको सहभागिता रहेको थियो।

उक्त अवसरमा सहभागीहरूले वृक्षारोपण गर्दै वातावरण संरक्षणप्रति प्रतिबद्धता व्यक्त गरेका थिए। कार्यक्रममा नीम, गोल्डमोहर, जकरन्डा, अम्बा, जामुन, अमला, कैसुला, कल्की, कागती, बेगलबेलिया, गन्धराज, मोगरा, पारिजात, इन्द्रकमल, कामिनी लगायतका विभिन्न प्रजातिका बिरुवा तथा मौसमी फूल गरी १०१ वटा बिरुवा रोपण तथा वितरण गरिएको सहसचिव अभिनास झाले जानकारी दिए।

कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्थाका संस्थापक अध्यक्ष जसपाल सिंहले सातौँ सिख गुरु श्री गुरु हरिरायजीको स्मरणमा हरेक वर्ष मार्च १४ मा विश्वभर वृक्षारोपण तथा सरसफाइ कार्यक्रम गरी वातावरणप्रति सम्मान प्रकट गर्ने परम्परा रहेको बताए। उनले वातावरण संरक्षणका लागि सबैले आ–आफ्नो वरिपरि वृक्षारोपण गर्नुका साथै नदी, नाला, पोखरी र सार्वजनिक स्थलहरू सफा राख्नुपर्नेमा जोड दिए।

कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ फाल्गुन ३०,शनिबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ फाल्गुन ३०,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद