वीरगञ्ज — गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फ चारवटै सिट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पर्साका चारवटै निर्वाचन क्षेत्रमा समानुपातिकतर्फ पनि सबैभन्दा बढी मत ल्याएको छ।
मुख्य निर्वाचन अधिकृत गायत्रीप्रसाद रेग्मीका अनुसार पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा समानुपातिकतर्फ खसेको ६२ हजार ५०६ मतमध्ये रास्वपाले ३४ हजार ४६३ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले आठ हजार २६७, नेकपा (एमाले) ले नौ हजार २३१, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार २४०, जनता समाजवादी पार्टीले एक हजार ९९ र नेपाली कम्युनिष्ट पार्टीले ६८१ मत प्राप्त गरेका छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा खसेको ६७ हजार १०७ मतमध्ये रास्वपाले ३४ हजार ९१८ मत प्राप्त गरेको छ। नेपाली कांग्रेसले १० हजार ३४०, नेकपा (एमाले) ले आठ हजार ५८५, राष्ट्रिय प्रजातन्त्र पार्टीले तीन हजार ५०६ र जनता समाजवादी पार्टी नेपालले दुई हजार ४५० मत प्राप्त गरेका छन्।
त्यस्तै पर्सा निर्वाचन क्षेत्र नम्बर ३ मा समानुपातिकतर्फ रास्वपाले २४ हजार १५८ मत प्राप्त गरेको छ। सो क्षेत्रमा नेपाली कांग्रेसले आठ हजार ६५०, नेकपा (एमाले) ले छ हजार १६८ र नेपाली कम्युनिष्ट पार्टीले एक हजार १९५ मत प्राप्त गरेका छन्।
पर्सा निर्वाचन क्षेत्र नम्बर ४ मा पनि समानुपातिकतर्फ रास्वपाले ३० हजार ३८९ मत प्राप्त गरेको छ। सो क्षेत्रमा नेपाली कांग्रेसले ११ हजार ५१२ र नेकपा (एमाले) ले नौ हजार ९३५ मत प्राप्त गरेका छन्।



