Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

१० प्रतिशत मत नल्याउँदा सप्तरीका ८९ उम्मेदवारले गुमाए जमानत

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन २६,मंगलवार
A A
file photo

file photo

3
SHARES
14
VIEWS
Share on FacebookShare on Twitter

सप्तरीमा प्रतिनिधिसभा सदस्य पदका लागि प्रतिस्पर्धा गरेका १०२ उम्मेदवारमध्ये ८९ जनाको जमानत जफत भएको छ। जिल्लाका चारवटै निर्वाचन क्षेत्रका गरी १३ जना उम्मेदवारले मात्र आवश्यक मत ल्याएर जमानत जोगाउन सफल भएका छन्।

निर्वाचन निर्देशिकाअनुसार कुल सदर मतको कम्तीमा १० प्रतिशत मत प्राप्त गर्ने उम्मेदवारको मात्र जमानत जोगिने व्यवस्था छ। जिल्लाका चारवटै क्षेत्रमा खसेको मतमध्ये कुल २ लाख ९१ हजार १ सय ७७ मत सदर भएको थियो। उक्त सदर मतको १० प्रतिशत मत ल्याउन नसक्दा अधिकांश उम्मेदवारको जमानत जफत भएको हो।

प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी पुष्पाकुमारी चौधरी, स्वाभिमान पार्टीका सुमित साह र नेकपा (एमाले) का सुमनराज प्याकुरेल बाहेक अन्य १८ उम्मेदवारको जमानत जफत भएको छ। यस क्षेत्रबाट उम्मेदवार बनेका नेपाली कांग्रेस सप्तरीका सभापति रामदेव साह, जनमत पार्टीका डा. जयकान्त राउत, जसपा नेपालका श्यामसुन्दर सरदार, उज्यालो नेपाल पार्टीका हर्खनारायण चौधरी, राष्ट्रिय प्रजातन्त्र पार्टीका सत्यजितकुमार झा, नेपाल जनता पार्टीका दीपेन्द्रप्रसाद यादव, नेपाल जनता संरक्षण पार्टीका खेमराज जैशी, नागरिक उन्मुक्ति पार्टीकी टिकालक्ष्मी चौधरी, राष्ट्रिय एकता दलका शम्भुप्रसाद देवलगायतको पनि जमानत जफत भएको छ।

निर्वाचन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रामजी यादव, जसपा नेपालका उमेशकुमार यादव र जनमत पार्टीका चन्द्रकान्त (सीके) राउत बाहेक अन्य ३१ उम्मेदवारको जमानत जफत भएको छ। यस क्षेत्रमा नेपाली कांग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, मधेश प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंह, राष्ट्रिय निर्माण दलका अफरोज आलम, नेकपा (एमाले) का मो. जियाउल रहमान, नेकपाका सूर्यनाथप्रसाद यादव, उज्यालो नेपाल पार्टीका डा. दीपक चौधरी, जनअधिकार पार्टीका डा. शरदसिंह यादव, जनता लोकतान्त्रिक पार्टी नेपालका बलरामप्रसाद यादव, राष्ट्रिय मुक्ति पार्टी नेपालका अनिश अन्सारी, नेपाल जनता पार्टीकी रञ्जुकुमारी झा (ठाकुर), नेपाल संघीय समाजवादी पार्टीका राजकुमार मण्डल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अजयकुमार दास, नेपाल मजदुर किसान पार्टीकी निलमकुमारी यादव, सार्वभौम नागरिक पार्टीका दीपककुमार मण्डल, आम जनता पार्टीका सुनिलराज दास, नेपालका लागि नेपाली पार्टीका इन्द्रसागर गुप्ता र श्रम संस्कृत पार्टीका त्रिभुवन खंगलगायतको पनि जमानत जफत भएको छ।

निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अमरकान्त चौधरी, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, नेपाली कांग्रेसका दिनेशकुमार यादव र नेकपा (एमाले) का ताराकान्त चौधरीले मात्र जमानत जोगाउन सफल भए। अन्य १८ उम्मेदवारको जमानत जफत भएको छ। यस क्षेत्रबाट उम्मेदवार बनेका नेपाली कम्युनिष्ट पार्टीका अरुणकुमार साह, जनमत पार्टीका सुरेन्द्र शर्मा, उज्यालो नेपाल पार्टीका परमेश्वरप्रसाद साहु, नेपाल मजदुर किसान पार्टीका प्रभुप्रसाद साह, राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्देश्वरप्रसाद साह, राष्ट्रिय मुक्ति पार्टीका गजेन्द्रकुमार मण्डल, आम जनता पार्टीका धनिकलाल चौधरी, बहुजन एकता पार्टी नेपालका महादेव राम, नेपाल जनता पार्टीका सन्तोषकुमार चमनलगायतको जमानत पनि जफत भएको छ।

त्यस्तै निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सिताराम साह, नेपाली कांग्रेसका तेजुलाल चौधरी र जसपा नेपालकी बबीकुमारी सिंह यादवले जमानत जोगाउन सफल भएका छन्। अन्य २२ उम्मेदवारले भने आवश्यक मत प्राप्त गर्न नसक्दा जमानत गुमाएका छन्। यस क्षेत्रमा नेकपा (एमाले) का गंगाप्रसाद चौधरी, नेकपाकी रुबीकुमारी कर्ण, जनमत पार्टीका जितेन्द्रकुमार साह, नेपाल जनता पार्टीका कोशलकिशोर दास, उज्यालो नेपाल पार्टीका बिशोकुमार यादव, नेपाल मजदुर किसान पार्टीका रामनारायण साहलगायतको जमानत जफत भएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन २६,मंगलवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन २६,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद