Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

४ क्षेत्रमा ३ लाख ७६ हजार मतदाता, मौन अवधिमा संयुक्त गस्तीको निर्णय

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
A A
3
SHARES
16
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज— यही फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र मर्यादित वातावरणमा सम्पन्न गराउन पर्सा जिल्ला प्रशासन कार्यालय ले सुरक्षा व्यवस्था र अनुगमनमा कडाइ गरेको जनाएको छ।

जिल्ला निर्वाचन कार्यालय पर्सा द्वारा आयोजित “निर्वाचन र आमसञ्चार” विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी भोला दाहालले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने जोकोहीलाई पनि तत्काल कानुनी दायरामा ल्याइने चेतावनी दिए।

अनुगमनका क्रममा केही राजनीतिक दलले निर्वाचन प्रयोजनका लागि भारतीय नम्बर प्लेटका सवारी साधन प्रयोग गरेको पाइएकाले त्यस्ता सवारी साधन हटाउन लगाई चेतावनीसमेत दिइएको उनले जानकारी दिए। निर्वाचन आचारसंहिता २०८२ अनुसार उम्मेदवारले विदेशी नम्बर प्लेटका सवारी साधन प्रयोग गर्न नपाउने स्पष्ट व्यवस्था रहेको उनले उल्लेख गरे।

प्रजिअ दाहालका अनुसार मौन अवधिमा हुन सक्ने राजनीतिक चलखेल, भोजभतेर तथा प्रचारप्रसार जस्ता गैरकानुनी गतिविधि रोक्न प्रशासनले विशेष योजना बनाएको छ। “साँझ ६ बजेदेखि राति १२ बजेसम्म संयुक्त सुरक्षा गस्ती गर्ने निर्णय भएको छ,” उनले भने, “आचारसंहिता विपरीतका गतिविधि भएको पाइएमा वा सूचना प्राप्त भएमा सुरक्षा निकायले तत्काल कारबाही गर्छ।”

स्थानीय तहबाट समाधान हुन सक्ने विषयहरू स्थानीय प्रशासन कार्यालयबाटै टुंग्याइने र जटिल प्रकृतिका विषयहरू थप कारबाहीका लागि निर्वाचन आयोगमा पठाइने उनले स्पष्ट पारे। साथै, सञ्चारकर्मीलाई निर्वाचन रिपोर्टिङका लागि आवश्यक ‘प्रेस पास’ सम्बन्धी जानकारी सहायक प्रमुख जिल्ला अधिकारी सुमन कार्कीसँग सम्पर्क गर्न आग्रह गरिएको छ।

अन्तरक्रियामा जिल्ला निर्वाचन अधिकारी अनामिका रौनियारले प्रस्तुत गरेको तथ्याङ्क अनुसार पर्साका चार निर्वाचन क्षेत्रमा कुल ३ लाख ७६ हजार ५१३ मतदाता रहेका छन्। तीमध्ये २ लाख १२ हजार ७७ पुरुष, १ लाख ६४ हजार ४२१ महिला र अन्य १५ जना मतदाता रहेको कार्यालयले जनाएको छ।

जिल्लाभर १६७ मतदान स्थल र ४४१ मतदान केन्द्र तोकिएका छन्। निर्वाचनमा कुल १०७ जना उम्मेदवार चुनावी मैदानमा रहेका छन्, जसमा ४६ जना स्वतन्त्र र ६१ जना विभिन्न राजनीतिक दलबाट प्रतिस्पर्धामा छन्।

निर्वाचनलाई लक्षित गर्दै कारागार कार्यालय र जिल्ला हुलाक कार्यालयमा अस्थायी मतदान केन्द्रको व्यवस्था गरिएको छ। १ हजार ९० जना अस्थायी मतदाताका लागि ती स्थानमा विशेष मतदान केन्द्र तोकिएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ।

प्रशासनले सुरक्षा निकाय, निर्वाचन अधिकारी तथा सञ्चारमाध्यमबीच समन्वय गर्दै शान्तिपूर्ण र विश्वसनीय निर्वाचन सम्पन्न गराउने प्रतिबद्धता जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद