Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

जनकपुरधाम। प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी मधेश प्रदेशमा सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन आचारसंहिता उल्लङ्घन हुन नदिन तथा निष्पक्ष तथा शान्तिपूर्ण वातावरण कायम गर्नका लागि योजनाबद्ध रूपमा निर्वाचनको तयारी भइरहेको मधेस–प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।

प्रदेशसँग जोडिएका नेपाल–भारत सीमाक्षेत्रमा सुरक्षामा कडाइ गरिएको छ । चेक प्वाइट खडा गरिएको छ भने विशेष निगरानी भइरहेको छ । आठवटै जिल्लाका मतदान केन्द्रहरूको सुरक्षा सन्दर्भमा अनुगमन तथा निरीक्षण भइसकेको सो कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार मधेश–प्रदेशमा दुई हजार १६० मतदान स्थलमध्ये एक हजार २४६ मतदानस्थल अतिसंवेदनशील अवस्थामा छन् । प्रदेशमा भारतीय सीमासँग जोडिएका अधिकांश मतदान स्थल अतिसंवेदनशील छन् । त्यसको अनुगमन तथा सुरक्षाका उपायबारे योजनाबद्ध तरिकाले कार्य अगाडि बढाइएको मधेश–प्रदेश प्रहरी कार्यालयका प्रवक्ता कमल थापाको भनाइ छ । प्रदेशका सबै जिल्लाका सुरक्षा समितिको अध्ययन अनुसार अतिसंवेदनशील वर्गाीकरण गरिएको उहाँले भन्नुभयो ।

मधेश–प्रदेशमा प्रतिनिधिसभाका लागि ३२ वटा निर्वाचन क्षेत्र रहेकामध्ये एक हजार २४६ मतदान स्थल अतिसंवेदनशील अवस्थामा रहेको, ७५५ मतदानस्थल संवेदनशील अवस्थामा रहेको तथा १५९ मतदान स्थल सामान्य अवस्थामा रहेको बताइएको छ ।

सप्तरीमा २९६ मतदान स्थलमध्ये २०९ वटा मतदान स्थल अतिसंवेदनशीलको सूचीमा छन् । त्यस्तै सिरहाका १५४, धनुषाका १९४, महोतरीका १६३, सर्लाहीका १५८, रौतहटका १५२ तथा बाराका १४५ मतदान स्थल अतिसंवेदनशील सूचीमा राखिएको छ ।

मधेश प्रदेशमा कूल चार हजार ४७१ मतदान केन्द्र रहेको जनाइएको छ । निर्वाचनमा प्रदेशमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्रगरी एक हजार २८ जना उम्मेदवार छन् । प्रदेशमा ३५ लाख १७ हजार १२३ मतदाता छन् । जसमा पुरुषको सङ्ख्या १९ लाख पाँच हजार ८१९ तथा महिलाको सङ्ख्या १६ लाख ११ हजार ३०४ रहेको जनाइएको छ । रासस

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद