Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज–१० आदर्शनगरमा घरदैलो गर्दै कानुले भने : रास्वपालाई जिताएर नयाँ युग सुरु गरौं

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज,१७ फागुनः राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुशील कुमार कानुले पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै घरदैलो कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

आइतबार वीरगन्ज महानगरपालिका वडा नम्बर १० को आदर्शनगर क्षेत्रमा उनले घरदैलो गरेका हुन् ।त्यसक्रममा स्थानीय मतदाताहरूले कानुलाई भव्य स्वागत गर्दै उत्साहजनक सहभागिता जनाएका थिए । वीरगन्ज महानगरपालिका वडा नम्बर १० का पूर्व वडाध्यक्ष समेत रहेका कानुले टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादपनि गरे ।

घरदैलोका क्रममा उनले वीरगन्जको व्यपारिक केन्द्र आदर्शनगरलाई थप व्यवस्थित र सुरक्षित बनाउन आफ्नो पहल रहने प्रतिबद्धता जनाए । “चार दशकदेखि चल्दै आएको पुरानो राजनीतिक तवरले जनताको जीवनस्तरमा अपेक्षित सुधार ल्याउन सकेन,” उनले भने, “अब नयाँ राजनीतिक संस्कार र सुशासन आवश्यक छ ।

मधेस प्रदेशमा एक महानगरपालिका भएको र वीरगन्ज देशकै महत्त्वपूर्ण औद्योगिक तथा व्यापारिक केन्द्र हो, तर यसअघिका निर्वाचित सांसद तथा मन्त्रीहरूको बेवास्ताका कारण वीरगन्ज सधै पछाडि परेको छ ।”

उनले सडक, पूर्वाधार, व्यापार–व्यवसायको अवस्था जीर्ण रहेको उल्लेख गर्दै निर्वाचित भएपछि संघीय, प्रदेश र स्थानीय तहबिच प्रभावकारी समन्वय गरी योजनाबद्ध विकास अघि बढाउने बताए । विशेष गरी पर्साको औद्योगिक सम्भावनालाई ध्यानमा राखेर ठुला विकास आयोजना सञ्चालन गर्ने उनको दाबी छ ।

वीरगन्ज–१० का मतदातासंग उनले भने । “पछिल्लो पटक माया गरेर वडाध्यक्ष बनाउनु भयो, यस पटक सांसदमा माया गर्नुस्, रास्वपालाई भोट दिएर नयाँ युग सुरु गरौँ,” ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन
मुख्य समाचार

पत्रकार महासंघ पर्साको लिखित आग्रह माइनुटलगायतका कागजात ३ दिनभित्र बुझाउन

प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी
मुख्य समाचार

रामजानकी मन्दिरको पर्खाल निर्माणमा मनपरी भएको आरोप, स्थानीय युवा दिपु देव दासको खबरदारी

प्रकाशित : २०८२ फाल्गुन १७,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद