Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगंज–३१ मा सीए अजय चौरसियाको घरदैलो सम्पन्न, स्थानीयद्वारा गम्छा–मालाले भव्य स्वागत

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन १०,आईतवार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

बीरगंज। पर्सा क्षेत्र नम्बर–१ अन्तर्गत वीरगंज महानगरपालिका वडा नम्बर ३१ मा सीए अजय चौरसिया नेतृत्वमा रहेको घरदैलो कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। नेपाली कम्युनिस्ट पार्टी का तर्फबाट उम्मेदवार रहेका चौरसियाले स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवाद गर्दै आफ्ना एजेन्डा र प्रतिबद्धता सार्वजनिक गरेका हुन्।

घरदैलो कार्यक्रमका क्रममा स्थानीय युवा तथा महिलाहरूले उम्मेदवार चौरसियालाई गम्छा र मालाले स्वागत तथा सम्मान गरेका थिए। स्थानीयको उल्लेखनीय सहभागितासँगै सम्पन्न कार्यक्रममा चौरसियाले आफू नयाँ सोच, नयाँ ऊर्जा र क्रान्तिकारी कार्यदिशासहित राजनीतिमा आएको स्पष्ट पारे। उनले परिवर्तनको चाहना बोकेका नागरिकको विश्वास जित्न सफल भएको देखिन्थ्यो, जसको प्रतीकस्वरूप स्थानीयवासीले माला र गम्छा ओढाएर सम्मान प्रकट गरेका हुन्।

कार्यक्रममा बोल्दै चौरसियाले वीरगंज महानगरपालिका भित्र रहेका आधारभूत समस्या—जस्तै खानेपानी, सरसफाइ, शिक्षा, स्वास्थ्य, रोजगारी र युवा पलायन—लाई प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्ने प्रतिबद्धता जनाए।

विशेषगरी वडा नम्बर ३१ का बासिन्दाले भोग्दै आएका दीर्घकालीन समस्यालाई पहिचान गरी ती मुद्दालाई संघीय संसदसम्म प्रभावकारी रूपमा उठाउने उनको भनाइ थियो।
उनले भने, “राजनीति केवल सत्ता प्राप्तिको साधन होइन, जनताको दुःख–सुखमा साथ दिने माध्यम हो। पर्सा क्षेत्र नम्बर १ का नागरिकले भोग्दै आएका हरेक समस्यालाई म आफ्नो मुद्दा बनाउँछु र सदनसम्म पुर्‍याएर समाधानका लागि दबाब सिर्जना गर्छु।”

स्थानीय बासिन्दाहरूले पनि चौरसियाप्रति आशा र विश्वास व्यक्त गरेका छन्। युवाहरूले उनलाई शिक्षित, इमानदार र जनमुखी उम्मेदवारको रूपमा चित्रण गर्दै यसपटक परिवर्तनको अवसर दिनुपर्ने धारणा राखे। महिलाहरूले पनि सामाजिक न्याय, महिला सशक्तीकरण र समान अवसरका विषयमा चौरसियाले उठाएका एजेन्डा सकारात्मक रहेको प्रतिक्रिया दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड
मुख्य समाचार

वीरगञ्ज कलेजद्वारा कक्षा १२ का विद्यार्थीलाई भव्य विदाई, शिक्षा र भविष्य निर्माणमा जोड

प्रकाशित : २०८२ फाल्गुन १०,आईतवार
नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित
मुख्य समाचार

नहर पुरेर सडक निर्माण: ३० लाखको योजना विवादमा, स्थानीय आक्रोशित

प्रकाशित : २०८२ फाल्गुन १०,आईतवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद