Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगञ्ज समाज सेवाको पहलमा नारायणी अस्पतालमा साप्ताहिक निःशुल्क भोजन, २३औँ महिनामा पनि निरन्तरता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ९,शनिबार
A A
6
SHARES
29
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — सामाजिक उत्तरदायित्व र मानव सेवाको उदाहरण प्रस्तुत गर्दै वीरगञ्ज समाज सेवा ले नारायणी अस्पताल वीरगञ्ज मा साप्ताहिक निःशुल्क भोजन कार्यक्रम सभ्य र भव्य रूपमा सम्पन्न गरेको छ। शनिबार आयोजित यो कार्यक्रम संस्थाको २३औँ महिनाको दोस्रो साप्ताहिक सेवा हो।

पछिल्ला दुई वर्षदेखि हरेक शनिबार बिहान १० बजेदेखि अस्पताल प्राङ्गणमा सञ्चालन हुँदै आएको यस निःशुल्क भोजन सेवाबाट अस्पतालमा उपचाररत विपन्न बिरामी, कुरुवा, असहाय व्यक्ति, रिक्सा तथा ई–रिक्सा चालक र यात्रु–बटुवासमेत लाभान्वित हुँदै आएका छन्। आयोजकका अनुसार हरेक हप्ता करिब ४५० देखि ५०० जनालाई घरमै बनाएको जस्तो सफा, शुद्ध र पोषणयुक्त भोजन उपलब्ध गराइँदै आएको छ।

कार्यक्रममा बोल्दै वीरगञ्ज समाज सेवाका अध्यक्ष अशोक गुप्ता ले “सेवा नै धर्म हो” भन्ने मूलमन्त्रलाई आत्मसात् गर्दै विगत दुई वर्षदेखि निरन्तर सेवा सञ्चालन भइरहेको बताए। “दिनदुःखी र असहायको पेट भरिँदा र उनीहरूको अनुहारमा मुस्कान देख्दा हामीलाई पनि आत्मसन्तुष्टि मिल्छ,” उनले भने। उनले सबैलाई आ–आफ्नो स्थानबाट आपसी हातेमालो गर्दै मानव सेवामा जुट्न आग्रह पनि गरे।

सो अवसरमा वीरगञ्ज कपडा बैंक का अध्यक्ष लालबाबु सिंह ले दिनदुःखी र असहायको सेवा नै सबैभन्दा ठूलो धर्म र कर्म भएको उल्लेख गरे। नारायणी अस्पतालजस्तो विपन्नहरूको प्रमुख उपचार केन्द्रमा स्वादिष्ट र पोषणयुक्त खाना निःशुल्क खुवाउन पाउँदा गर्व र खुशी लाग्ने उनको भनाइ थियो। उनले यस अभियानमा साथ दिने दाता, सेवक, शुभेच्छुक तथा आयोजक परिवारप्रति आभार व्यक्त गरे।

आजको भोजन सेवामा शुद्ध शाकाहारी परिकारअन्तर्गत स्वादिलो भात, दाल, आलु–कोभी मिसिएको तरकारी र हरियो भुटेको खुर्सानीको अचार वृद्ध, महिला र बालबालिकालाई बोलाउँदै थप्दै खुवाइयो। सेवा कार्यमा संस्थाका सचिव प्रकाश बाहेतीसहित निसान्त लाठ, कल्पना किङरिङ, साचे मगर, अरमान अली, बजरङ अग्रवाललगायत स्वयंसेवकहरूको सक्रिय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ फाल्गुन ९,शनिबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ फाल्गुन ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद