Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–१ को विभिन्न वडामा एमालेको घरदैलो र पार्टी प्रवेश कार्यक्रम : सयौं जेनजी युवा एमालेमा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ९,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्सा क्षेत्र नम्बर १ मा पर्ने वीरगन्ज महानगरपालिकाको वडा नम्बर २१ श्रीपुर र वडा नम्बर १२ मा शनिबार नेकपा एमालेको चुनावी घरदैलो, चुनावी कार्यालय स्थापना र पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नम्बर २१ श्रीपुरमा एमाले उम्मेदवार प्रदीप यादवले चुनावी घरदैलो गरेपछि चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरे । त्यहिअवसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा रेहान मन्सुरीको अगुवाईमा जालिम मियाँ, सैफ अली, इरफान मन्सुरी लगायतका जेनजी युवाहरु एमालेमा प्रवेश गरे । उनिहरुलाई एमाले उम्मेदवार यादवले अबीरटीका लगाएर पार्टीमा स्वागत गरे ।

त्यसपछि वडा नम्बर १२ मा पनि घरदैलो गरेका यादवले पार्टीको चुनावी सम्पर्क कार्यालयको उद्घाटन गरे । त्यसअवसरमा आयोजित पार्टी प्रवेश कार्यक्रममा युवा नेता मदन गुप्ताको नेतृत्वमा दर्जनौ स्थानीय युवाहरुलाई उम्मेदवार यादवले अबीरटीका लगाएर पार्टीमा प्रवेश गराए ।

ती दुवै पार्टी प्रवेश कार्याक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार यादवले समर्थन र भरोसाले आँफुलाई अझै जिम्मेवार बनाएको बताए । उनले जनताको अधिकार ,सुशासन र विकासलाइ केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता पनि व्यक्त गरे।‘ युवाहरुको उर्जा र साथले नै परिवर्तन सम्भव छ।

युवाहरुको चाहना र आवश्यकता लाइ प्राथमिकतामा राखेर काम गर्ने छ,उनले भने,“परिवर्तन ,विकाश र उज्ज्यालो भविष्यको लागि हामि सबै एक जुट हुन आवश्यक छ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ फाल्गुन ९,शनिबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ फाल्गुन ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद