Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

रोटरी क्लबको पहलमा वीरगञ्जमा रक्तदान कार्यक्रम, ३ महिलासहित ४९ जनाले गरे रक्तदान

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ९,शनिबार
A A
1
SHARES
7
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — रोटरी क्लबको सामाजिक उत्तरदायित्वअन्तर्गत वीरगञ्जमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। रोटरी क्लब वीरगञ्ज र रोटरी क्लब मेट्रोपोलिस को संयुक्त आयोजनामा शनिबार सम्पन्न उक्त कार्यक्रममा ३ जना महिलासहित कुल ४९ जनाले रक्तदान गरेका छन्।

‘रक्तदान नै जीवनदान हो’ भन्ने नारालाई मूलमन्त्र बनाउँदै समाजमा रहेका कुरीति, विकृति र कुप्रथाविरुद्ध जनचेतना फैलाउने तथा दीन–दुःखी, असहाय र विपन्नको सेवा–सहयोग गर्दै आएको रोटरी क्लबले रक्तसञ्चार केन्द्र वीरगञ्ज मा रगतको अभाव भएको जानकारी पाएपछि छोटो समयमा नै कार्यक्रम आयोजना गरेको जनाएको छ। रोटरी क्लब मेट्रोपोलिसका अध्यक्ष सञ्जय जोशी ले कार्यक्रममा ३ महिला र ४६ पुरुष गरी ४९ जनाले रक्तदान गरेको जानकारी दिए।

रक्तदान गर्नेहरूमा विधा भारती, श्वेता गुप्ता, कविता खेतान, सुनिल खेतान, विशाल शर्मा, गणेश राम, आयुष सिंह, रवि श्रेष्ठ, श्याम अग्रवाललगायत रक्तदाताहरू रहेका थिए। उनीहरूले रक्तदानमार्फत मानवता र सामाजिक उत्तरदायित्वको सन्देश प्रवाह गरेका आयोजकले बताएका छन्।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष जोशीले वीरगञ्जमा रगतको अभावका कारण नारायणी अस्पताल लगायत विभिन्न अस्पतालमा उपचाररत बिरामीहरूलाई समस्या भइरहेको उल्लेख गरे।

“रक्तदान गर्दा दातालाई कुनै हानि हुँदैन, तर लिनेका लागि जीवन नै बच्ने भएकाले हरेक सक्षम व्यक्तिले प्रत्येक तीन महिनामा रक्तदान गर्नुपर्छ,” उनले भने। उनले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण रक्तदाता र सहयोगीप्रति आभार पनि व्यक्त गरे।

सो अवसरमा रोटरी क्लब वीरगञ्जका अध्यक्ष गोपाल खेतान ले पनि रक्त अभाव गम्भीर समस्या बन्दै गएको भन्दै सबै संघ–संस्था र नागरिकले हातेमालो गरेर रक्तदान अभियानलाई निरन्तरता दिनुपर्नेमा जोड दिए।

माइस्थान पार्क मा सम्पन्न उक्त कार्यक्रममा जेष्ठ नागरिक संघ मधेश प्रदेशका अध्यक्ष तथा वरिष्ठ पत्रकार–समाजसेवी जगदीश शर्मा, नेपाल रेडक्रस सोसाइटी पर्साका अध्यक्ष बृजकिशोर पटेल, नारायणी अस्पतालका मेसु डा. चित्ररञ्जन साह, डा. आनन्द अग्रवाल, वीरगञ्ज कपडा बैंकका अध्यक्ष लालबाबु सिंह, रोटरी क्लबका पूर्व अध्यक्ष शशीरञ्जन कलवार, गहवामाई रथयात्रा वीरगञ्जका महासचिव लक्ष्मी गुप्ता (पप्पु) तथा रक्तसञ्चार केन्द्र वीरगञ्जका प्रमुख सौरभ राज पाण्डे लगायतको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ फाल्गुन ९,शनिबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ फाल्गुन ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद