Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा कांग्रेस उम्मेदवार चौरसियालाई समर्थन, एमालेका जिल्ला सदस्यसहित कांग्रेस प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ९,शनिबार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — पर्सा निर्वाचन क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार अजयकुमार चौरसिया लाई समर्थन जनाउँदै नेकपा (एमाले) का जिल्ला सदस्यसहितका नेताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन्।

शनिबार बिहान वीरगञ्ज महानगरपालिका वडा नम्बर २९ रतनपुर जसौलीमा आयोजित कांग्रेस उम्मेदवार चौरसियाको घरदैलो कार्यक्रमका क्रममा एमालेका जिल्ला सदस्य कारी महत्तो र वडा सदस्य जनक महत्तो सपरिवार नेपाली कांग्रेसमा प्रवेश गरेका हुन्।
कांग्रेस क्षेत्रीय सभापति महमद साहबुदिन का अनुसार नवप्रवेशीहरूलाई कांग्रेस उम्मेदवार चौरसियाले फुलमाला लगाएर पार्टीमा स्वागत गरेका थिए। स्थानीय तहमा प्रभावशाली मानिएका नेताहरूको प्रवेशलाई कांग्रेसले संगठन विस्तार र जनसमर्थन मजबुत हुने संकेतका रूपमा लिएको छ।

यसैबीच, वडा नम्बर २९ रतनपुर जसौलीमा भएको घरदैलोका क्रममा कांग्रेस उम्मेदवार चौरसियाले मतदाताहरूको घर–घरमै पुगेर प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्या र आवश्यकता बारे जानकारी लिएका थिए। कांग्रेस नेता राकेश यादव का अनुसार चौरसियाले शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासका विषयमा मतदाताको गुनासा सुन्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

घरदैलो कार्यक्रम तथा पार्टी प्रवेशले पर्सा–२ मा कांग्रेसप्रति बढ्दो आकर्षण देखिएको कांग्रेस वृत्तको निष्कर्ष छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

एमाले उम्मेदवार रुपेश पाण्डेयलाई समर्थन गर्दै बिन्दवासिनी र बहुदरमाईमा जसपा नेपालका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश
मुख्य समाचार

एमाले उम्मेदवार रुपेश पाण्डेयलाई समर्थन गर्दै बिन्दवासिनी र बहुदरमाईमा जसपा नेपालका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश

प्रकाशित : २०८२ फाल्गुन ९,शनिबार
बहुदरमाई–१ का जसपा वडा अध्यक्ष जटाशंकर यादव एमालेमा प्रवेश
मुख्य समाचार

बहुदरमाई–१ का जसपा वडा अध्यक्ष जटाशंकर यादव एमालेमा प्रवेश

प्रकाशित : २०८२ फाल्गुन ९,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद