Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बहुदरमाई–१ का जसपा वडा अध्यक्ष जटाशंकर यादव एमालेमा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

पर्सा — बहुदरमाई नगरपालिकाको वडा नम्बर १ का निवासी तथा जनता समाजवादी पार्टी (जसपा) का वडा कमिटी अध्यक्ष जटाशंकर यादव नेकपा (एमाले) मा प्रवेश गरेका छन्।

रंगपुरस्थित एमाले सम्पर्क कार्यालयमा आयोजित कार्यक्रममा एमाले केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, पर्सा–३ का प्रतिनिधिसभा सदस्य पदका युवा उम्मेदवार रूपेश कुमार पाण्डे तथा नेता हरीबाबु चौधरी ले यादवलाई खादा र टीका लगाएर पार्टीमा स्वागत गरेका हुन्।

बहुदरमाई नगरपालिकाका नगर प्रमुख सिगाशन साह को सक्रिय पहल र समन्वयमा सम्पन्न उक्त पार्टी प्रवेशलाई एमालेले संगठन विस्तारको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको छ। स्थानीय तहमा प्रभावशाली छवि बनाएका यादवको आगमनले बहुदरमाई क्षेत्रमा एमालेको सांगठनिक आधार थप सुदृढ हुने विश्वास पार्टी नेतृत्वले व्यक्त गरेको छ।

पर्सा जिल्लाको बदलिँदो राजनीतिक परिदृश्यमा स्थानीय प्रभाव भएका नेताहरूको पार्टी परिवर्तनले निर्वाचन समीकरणमा प्रत्यक्ष प्रभाव पार्ने देखिन्छ। विशेषगरी पर्सा–३ मा विकास, सुशासन र स्थायित्वको एजेन्डा अघि सार्दै जनसमर्थन विस्तार गरिरहेका युवा उम्मेदवार रूपेश पाण्डेको अभियानमा यादवको समर्थनलाई अर्थपूर्ण रूपमा हेरिएको छ।

पार्टी प्रवेशपछि प्रतिक्रिया दिँदै जटाशंकर यादवले एमालेले अघि सारेको विकासमुखी दृष्टिकोण, राष्ट्रियता र समृद्धिको एजेन्डाबाट आफू प्रभावित भएको बताए। उनले आगामी निर्वाचनमा रूपेश पाण्डेलाई विजयी गराउन सक्रिय भूमिका खेल्ने प्रतिबद्धता पनि व्यक्त गरे।

यस प्रवेशलाई एमाले वृत्तमा पर्सा–३ मा रूपेश पाण्डेको पक्षमा बढ्दो जनसमर्थनको संकेतका रूपमा व्याख्या गरिएको छ। पछिल्लो समय विभिन्न दलका स्थानीय नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गर्ने क्रम तीव्र बन्दै जाँदा पर्सा–३ को चुनावी प्रतिस्पर्धा थप रोचक बन्दै गएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद