Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

चोरनी गाउँमा उज्यालो नेपाल पार्टीको घरदैलो कार्यक्रम, स्थानीयको उत्साहजनक समर्थन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

उज्यालो नेपाल पार्टीका तर्फबाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग)ले आज वीरगञ्ज महानगरपालिका वडा नम्बर ३२ को चोरनी गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको छ।

कार्यक्रमका क्रममा स्थानीयवासी तथा युवाहरूले विगतका पार्टी र उम्मेदवारहरूले अपेक्षित विकास गर्न नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका थिए। उनीहरूले गाउँमा आधारभूत विकासको अभाव रहेको गुनासो उम्मेदवार सिंहसमक्ष राखेका थिए। साथै, पुराना पार्टीका उम्मेदवारलाई बहिष्कार गर्दै यस पटक सक्षम र परिणाममुखी नयाँ उम्मेदवारलाई समर्थन गर्ने प्रतिबद्धता जनाएका थिए।

स्थानीयहरूले उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ काम गर्ने व्यक्तित्व भएको उल्लेख गर्दै उम्मेदवार सिंहप्रति विश्वास व्यक्त गरेका थिए।

उम्मेदवार सिंहले स्थानीयवासीका समस्या आफू निर्वाचित भए लगत्तै प्राथमिकताका साथ समाधान गर्ने वाचा गर्नुभयो। उहाँले गाउँ–गाउँमा शिक्षा, स्वास्थ्य र रोजगारीलाई पहिलो प्राथमिकता दिँदै आफू निर्वाचित भएपछि स्थानीय कलकारखानामा स्थानीय तथा सक्षम व्यक्तिहरूलाई रोजगारीमा प्राथमिकता दिने बताउनुभयो।

साथै, वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर काम गर्दा प्राप्त अनुभवलाई संघीय संसदसम्म पुर्‍याएर क्षेत्रको विकासका मुद्दाहरू सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गर्नुभयो।
कार्यक्रममा स्थानीयवासीहरूले उम्मेदवार सिंहलाई भव्य स्वागत तथा सम्मान गर्दै आगामी निर्वाचनमा विजयका लागि अग्रिम शुभकामना समेत दिएका थिए। कार्यक्रममा उल्लेख्य जनसहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद