Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

‘जनतासँग नजोडिएका उम्मेदवार टिक्दैनन्’— वीरगञ्ज–२३ मा एमाले प्रवेश कार्यक्रममा प्रदीप यादवको आक्रामक सन्देश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज, ८ फागुन – पर्सा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने वीरगंज महानगरपालिका वडा नं. २३ मा जनता समाजवादी पार्टी (जसपा) का वडा इकाइ कमिटी अध्यक्षसहित २ सय ५० भन्दा बढी स्थानीय नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन्।

शुक्रबार बिहान प्रसौनीमा आयोजित एमालेको पार्टी प्रवेश तथा वडा भेलामा जसपाका वडा इकाइ कमिटी अध्यक्ष जमुना यादव, सचिव मनोज कुमार यादव तथा नेता नन्दु किशोर यादव, कालिम अन्सारी, जयराम साह गोढ, जगरनाथ महतो, कृष्णा कुशवाह, रुदल सहनी, श्याम किशोर यादव लगायतका नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका हुन्।

कार्यक्रममा नवप्रवेशीहरूलाई पर्सा–१ का एमाले उम्मेदवार प्रदीप यादवले अबिर–टिका लगाएर पार्टीमा स्वागत गरे। उनले यस प्रवेशसँगै वडा नं. २३ मा एमाले थप सशक्त र संगठित बनेको दाबी गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै यादवले ‘जेनजी आन्दोलन’ पश्चात देश र संविधान जोखिममा परेको उल्लेख गर्दै त्यसको संरक्षण गर्न सक्ने एकमात्र राजनीतिक शक्ति एमाले नै भएको जिकिर गरे। मधेस आन्दोलनबाट प्राप्त संघीयता, समावेशिता लगायतका उपलब्धिहरूको रक्षा गर्न पनि एमाले सक्षम रहेको विश्वासका साथ आफूले पार्टी रोजेको उनले स्पष्ट पारे।

पर्सा–१ मा विभिन्न दलका उम्मेदवार प्रतिस्पर्धामा रहेको उल्लेख गर्दै उनले तीमध्ये धेरैजसो जनतामाझ भिजेका नेता नभएको टिप्पणी गरे। पूर्वमन्त्रीसमेत रहेका यादवले भने, “कोही बाहिरी जिल्लाबाट आएका होटल व्यवसायी छन्, कोही उद्योगपति छन्। ती उम्मेदवारहरू जनताको दुःखसुखमा देखिँदैनन्। चुनावका बेला मात्र मत माग्न आउँछन् र त्यसपछि पाँच वर्षसम्म हराउँछन्।”

पर्सा–१ का जनताको हरेक संकट र विपत्तिमा साथ दिँदै आएको तथा क्षेत्रको विकासमा निरन्तर सक्रिय उम्मेदवारको मूल्यांकन गरी फागुन २१ गतेको निर्वाचनमा मतदान गर्न उनले मतदातासँग अपिल गरे।

उनले भने, “जनताको दुःखसुखमा कसले साथ दिएको? कोरोना महामारी र खानेपानी संकटका बेला को दिनरात खटियो? यी प्रश्नहरूको जवाफ स्वयं खोज्नुस् र त्यसपछि मात्र मतदान गर्नुस् भन्ने मेरो अनुरोध छ।”

एमाले वडा कमिटी अध्यक्ष लालबाबु यादवको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य तथा पर्सा इन्चार्ज प्रभु हजरा, केन्द्रीय सदस्य निर्मला देवकोटा, मधेस प्रदेश उपाध्यक्ष विचारी यादव, वडाध्यक्ष अवध कुशवाहा लगायतका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण
मुख्य समाचार

नेशनल मेडिकल कलेजद्वारा नेपाल प्रहरी प्रदेश कार्यालय बीरगञ्जलाई २ सेट कम्प्युटर तथा युपिएस हस्तान्तरण

प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह
मुख्य समाचार

छपकैया क्षेत्रमा अजय चौरसियाको घरदैलो, विकासको निरन्तरताका लागि कांग्रेसलाई साथ दिन आग्रह

प्रकाशित : २०८२ फाल्गुन ८,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद