Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

“मतदान सन्तानको भविष्यका लागि” — बढनिहारमा रास्वपा उम्मेदवार सुशील कुमार कानुको घरदैलो, परिवर्तनको पक्षमा जनसमर्थन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ५,मंगलवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले आज क्षेत्र अन्तर्गत पर्सागढी नगरपालिका – ३ बढनिहारमा घरदैलो कार्यक्रम गरेका छन् ।

घरदैलोका क्रममा मतदाताहरूसँग घण्टी चुनाव चिन्हमा मतदान गर्न आग्रह गर्दै कानुले बढनिहारसहित आसपासका क्षेत्रमा अस्पतालको अभाव, खेलकुद पूर्वाधारको कमी तथा कृषकहरूले भोग्दै आएको मल र सिँचाइ पानीको समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कानुले भने, “कृषि नै यहाँको मुख्य आधार हो । किसानले समयमै मल र पानी पाएनन् भने समृद्धि सम्भव हुँदैन । निर्वाचित भएपछि यी समस्यालाई पहिलो प्राथमिकतामा राखेर समाधान गर्नेछु ।”

युवाहरूलाई लक्षित गर्दै उनले स्थानीय स्तरमै पशुपालनसम्बन्धी प्राविधिक सीप तालिमको व्यवस्था गर्ने, स्वरोजगार तथा रोजगारीका अवसर सिर्जना गर्ने योजना सार्वजनिक गरे । स्थानीय स्तरमै रोजगारीको अवसर सृजना भएपछि वैदेशिक रोजगारीमा जान बाध्य युवालाई आफ्नै गाउँ–ठाउँमै भविष्य निर्माण गर्न सहयोग पुग्ने उनको विश्वास छ ।

त्यसैगरी, स्थानीय स्तरमै प्रभावकारी अस्पताल व्यवस्थापन, आधारभूत स्वास्थ्य सेवामा सहज पहुँच, शिक्षाको गुणस्तर सुधार रास्वपाको प्रमुख एजेन्डा रहेको कानुले बताए । “जनताको आधारभूत आवश्यकता पूरा नगरी विकासको कुरा गर्नु अर्थहीन हुन्छ,” उनले भने ।

घरदैलोका क्रममा बढनिहारका ज्येष्ठ नागरिकहरूले उम्मेदवार कानुलाई खुला समर्थन जनाउँदै “अबको नेतृत्व परिवर्तनको हो” र “मतदान सन्तानको भविष्यका लागि” जस्ता नारा लगाएका थिए । लामो समयदेखि एउटै प्रकृतिको राजनीतिबाट आजित स्थानीयहरू यस पटक सचेत र परिवर्तनमुखी निर्णय लिन तयार देखिएका छन् ।

बुद्धिजीवी, ज्येष्ठ नागरिक, युवा, महिला तथा कृषक समुदायले यसपालिको मतले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै उम्मेदवार कानुलाई समर्थन गरेका छन् ।

घरदैलो कार्यक्रमले बढनिहारमा रास्वपाप्रति बढ्दो आकर्षण र परिवर्तनको अपेक्षा स्पष्ट रूपमा देखाएको छ । युवादेखि ज्येष्ठ नागरिकसम्मको सक्रिय सहभागिताले पर्सा–२ मा चुनावी माहौल थप सशक्त बन्दै गएको सङ्केत गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ फाल्गुन ५,मंगलवार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ फाल्गुन ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद