Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सखुवा प्रसौनी–२ मा नेकपा एमाले उम्मेदवार रूपेश कुमार पाण्डे को घरदैलो, युवा नेतृत्वप्रति जनसमर्थन

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ५,मंगलवार
A A
2
SHARES
11
VIEWS
Share on FacebookShare on Twitter

वीरगंज । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा पर्सा निर्वाचन क्षेत्र नम्बर–३ मा नेकपा एमालेले आफ्नो चुनावी गतिविधि तीव्र बनाएको छ। पार्टीका युवा उम्मेदवार रूपेश कुमार पाण्डेको पक्षमा स्थानीय तहमा उत्साहजनक माहोल देखिएको एमालेले जनाएको छ।

एमालेका अनुसार उम्मेदवार पाण्डेलाई जिताउन प्रदेश सभा सदस्य तथा पूर्वमन्त्री प्रमोद जयसवाल सक्रिय रूपमा मैदानमा उत्रिएका छन्। क्षेत्रीय निर्वाचन परिचालन कमिटीका संयोजकसमेत रहेका जयसवालले संगठनलाई मजबुत बनाउँदै घरदैलो, भेटघाट तथा प्रशिक्षण कार्यक्रमलाई निरन्तरता दिइरहेका छन्।

स्थानीय नेता तथा कार्यकर्ताहरूले जयसवालको सक्रियताले अभियानलाई नयाँ गति दिएको बताउँदै उनलाई पर्सा–३ को चुनावी रणनीतिमा महत्वपूर्ण पात्रका रूपमा हेर्न थालेका छन्।

जयसवालले विभिन्न जनसम्पर्क कार्यक्रममा पाण्डेलाई “परिवर्तनको भरोसायोग्य युवा नेतृत्व” भन्दै मतदातासँग परिचय गराउँदै आएका छन्। उनले विकासका लागि युवा सोच र अनुभवी मार्गदर्शनको संयोजन आवश्यक रहेको धारणा व्यक्त गरेका छन्।

उम्मेदवार पाण्डेले अघि सारेका पूर्वाधार विकास, रोजगारी सिर्जना, कृषि आधुनिकीकरण, शिक्षा तथा स्वास्थ्य सुधार जस्ता एजेन्डाहरूलाई मतदाताले सकारात्मक रूपमा लिएको एमालेको दाबी छ। विशेषगरी युवाहरू, व्यवसायी तथा शिक्षित समुदायमा उनको लोकप्रियता बढ्दै गएको बताइएको छ।

यसैक्रममा मंगलबार पाण्डेले सखुवा प्रसौनी गाउँपालिका–२ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्। घरदैलोका क्रममा उनले स्थानीयसँग प्रत्यक्ष संवाद गर्दै आफ्ना योजना र प्रतिबद्धता प्रस्तुत गरेका थिए।

कार्यक्रममा गाउँपालिकाका पूर्व अध्यक्ष प्रदीप जयसवाल सहित स्थानीय नेता–कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले विकास र सुशासनका एजेन्डामा दृढ रहन उम्मेदवार पाण्डेलाई आग्रह गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ फाल्गुन ५,मंगलवार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ फाल्गुन ५,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद