Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home राजनिती

मनियारिमा हरि पन्तलाई भव्य स्वागत, एकै दिन १ हजारभन्दा बढी रास्वपामा पार्टी प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
A A
2
SHARES
13
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । पूर्व मन्त्री प्रदीप यादव को गाउँ मनियारिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नम्बर १ का उम्मेदवार हरि पन्त लाई स्थानीय बासिन्दाले भव्य स्वागत गरेका छन्। आइतबार मनियारिमा आयोजित घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा पन्तलाई फूलमाला, अबिर र नाराबाजीसहित उत्साहपूर्वक स्वागत गरिएको हो।
रास्वपा पर्सा सभापति समेत रहेका उम्मेदवार पन्त घरदैलो तथा मतदाता भेटघाटका क्रममा मनियारि पुगेका थिए। भेटघाटका क्रममा स्थानीयहरूले क्षेत्रका दीर्घकालीन समस्या, साथै मुलुकको समग्र राजनीतिक, आर्थिक र सामाजिक अवस्थाबारे गहिरो चासो राखेका थिए। जवाफमा पन्तले अब देशको नेतृत्व रास्वपाले गर्ने दाबी गर्दै आ–आफ्नो क्षेत्रबाट रास्वपालाई जिताएर केन्द्र सरकारसँग प्रत्यक्ष संवाद र सहकार्यको अवस्थामा पुग्न आग्रह गरे।

घरदैलो कार्यक्रममा स्थानीयको उल्लेख्य उपस्थिति देखिएको थियो। कार्यक्रममा वीरगञ्ज महानगर सहसचिव मुन्ना साहसहित स्थानीय नेता सन्तोष यादव, चन्देश्वर साह, सुदर्शन यादव, अजय राम, रन्जित यादव, विवेक यादव, विजय साह, राजकिशोर यादव, ललन पटेल लगायतको सहभागिता रहेको थियो।

यसैबीच, आइतबार नै बेलवा, ज्योति स्पिनिङ र श्रीपुरमा गरी एक हजारभन्दा बढी व्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी मा प्रवेश गरेका छन्। बेलवामा रामप्रित यादव, रमेश्वर यादव, मुन्नीलाल साह, सन्देश कुशवाहा, किशोर महतो, हबिस मियाँ, अलख राउत, शिव नारायण बैथा, योगेन्द्र मिश्र र हजरल मियाँको नेतृत्वमा पार्टी प्रवेश भएको हो।

त्यस्तै, श्रीपुरमा जसपा युवा संघका सचिव त्रिनेश गिरीको नेतृत्वमा गजेन्द्र महतो, अजय महतो, धिरज साह, सुनिल महतो र विवेक ठाकुर रास्वपामा प्रवेश गरेका छन्। ज्योति स्पिनिङमा अवध किशोर यादव र रामनरेश यादवको नेतृत्वमा ठूलो संख्यामा स्थानीयले पार्टी प्रवेश गरेका थिए।

एकै दिन मनियारिमा भएको भव्य स्वागत र विभिन्न स्थानमा भएको ठूलो संख्याको पार्टी प्रवेशलाई पर्सा क्षेत्र नम्बर १ मा रास्वपाप्रति बढ्दो जनआकर्षण र राजनीतिक भरोसाको संकेतका रूपमा हेरिएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

बालअधिकारमैत्री पत्रकारितामा जोड
राष्ट्रिय

बालअधिकारमैत्री पत्रकारितामा जोड

प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
गर्मीको कारण पोखरिया नगरपालिमा पनि ६ दिनको लागि विद्यालय बन्द
मुख्य समाचार

पोखरिया नगरपालिकामा बेथिति र अनियमितताको आरोप: करार कर्मचारीको बढ्दो प्रभावप्रति जनताको चिन्ता

प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद