Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–२ मा रास्वपामा जनलहरः ५८ जना विभिन्न दल त्यागेर एकैसाथ पार्टी प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
A A
2
SHARES
8
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार सुशील कुमार कानुले सोमबार वीरगञ्ज महानगरपालिका – २८ को बगही र इनरवा टोलमा घरदैलो गर्दै जनतासँग प्रत्यक्ष संवाद गरेका छन् ।

घरदैलोका क्रममा कानुले रास्वपा नेतृत्वमा सरकार बनेपछि दलित समुदाय लक्षित स्वास्थ्य सेवामा सुधार, शिक्षामा सहज पहुँच तथा स्थायी रोजगारीको व्यवस्था गर्दै जनताको जीवनस्तर उकास्ने काम प्राथमिकताका साथ गरिने विश्वास व्यक्त गरे ।

त्यस्तै उनले विकास, रोजगारी, शिक्षा र कृषिलाई आफ्नो मुख्य एजेन्डा रहेको उल्लेख गर्दै भने, “हिजो मात्रै रास्वपाले जनतासँगको आफ्नो करार पत्र सार्वजनिक गरेको छ । सोही करार अनुसार हामी निर्वाचित भएको पाँच वर्षसम्म काम गर्ने छौँ,” उनले भने, “जनताको आवश्यकता र चाहनाअनुसार नीति तथा कार्यक्रम निर्माण गरी व्यवहारमै देखिने विकास गर्ने हाम्रो लक्ष्य हो ।”

कानुले समावेशी विकास र सामाजिक न्यायको पक्षमा दृढतापूर्वक उभिएको रास्वपाले सबै वर्ग, समुदाय र क्षेत्रको हक–हितका लागि काम गर्ने प्रतिबद्धता पनि दोहोर्‍याए ।

घरदैलो पश्चात् आयोजना भएको पार्टी प्रवेश कार्यक्रममा विभिन्न राजनीतिक दलहरू त्याग गर्दै ५८ जना स्थानीय नेता तथा कार्यकर्ताले रास्वपामा प्रवेश गरेका छन् । नेकपा (एमाले) का दलित नेता शिसम् महारासहित नेपाली काँग्रेस, जसपा नेपाल र आजपा लगायतका दलबाट आएका नवप्रवेशीहरूलाई उम्मेदवार कानुले अबिर र पार्टीको खादा लगाएर स्वागत गरेका थिए ।

नवप्रवेशीहरूले पुराना दलहरूले जनताको अपेक्षा अनुसार काम गर्न नसकेको भन्दै परिवर्तन र नयाँ राजनीतिक संस्कारको आवश्यकता महसुस गरी रास्वपामा प्रवेश गरेको बताएका छन् । उनीहरूले समावेशी सोच, पारदर्शी राजनीति र जनमुखी एजेन्डा बोकेको राष्ट्रिय स्वतन्त्र पार्टीलाई घण्टी छापमा मतदान गर्दै विजयी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

एमाले उम्मेदवार रुपेश पाण्डेयलाई समर्थन गर्दै बिन्दवासिनी र बहुदरमाईमा जसपा नेपालका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश
मुख्य समाचार

एमाले उम्मेदवार रुपेश पाण्डेयलाई समर्थन गर्दै बिन्दवासिनी र बहुदरमाईमा जसपा नेपालका ३० भन्दा बढी नेताहरु एमालेमा प्रवेश

प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
बहुदरमाई–१ का जसपा वडा अध्यक्ष जटाशंकर यादव एमालेमा प्रवेश
मुख्य समाचार

बहुदरमाई–१ का जसपा वडा अध्यक्ष जटाशंकर यादव एमालेमा प्रवेश

प्रकाशित : २०८२ फाल्गुन ४,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद