Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–३ को चुनावी मैदानमा युवा उद्यमी रुपेश पाण्डे, भन्छन्– भुइँमान्छेका समस्यालाई संसदसम्म पुर्‍याउनेछु

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २७,मंगलवार
A A
0
SHARES
0
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्सामा चार क्षेत्रमध्ये २ वटा क्षेत्रमा नेकपा एमाललेले नयाँ अनुहारलाई फागुन २१ को निर्वाचनका लागि चुनावी मैदानमा उतारेको छ । तीमध्ये एक हुन् युवा उद्यमी रुपेश पाण्डे । ४९ वर्षीय रुपेश पर्सा क्षेत्र नम्बर ३ मा एमालेका तर्फबाट उम्मेदवार बनेका हुन् ।

बुबा बृजमोहन पाण्डे सकृय राजनीतिमै लागेर २०७४ को स्थानीय तहको निर्वाचनमा कांग्रेसका तर्फबाट पकहाँ मन्पुर गाँउपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा निर्वाचित भएका थिए । रुपेशको परिवार पहिलेदेखि नै राजनीतिमा सकृय रहेपनि उनलाई भने पहिले राजनीतिप्रति खासै रुची थिएन ।
काठमाडौंस्थित आरपी ग्रुप अफका प्रबन्ध निर्देशक पाण्डे दर्जनौं अन्तर्राष्ट्रिय ब्रान्डका कपडा, जुत्ता र एक्सेसरीज नेपाल भित्र्याउने कारोबारमा जमेर बसेका थिए ।
तर यसअघिका दुई निर्वाचनबाट पर्सा क्षेत्र नम्बर ३ बाट सांसदमा निर्वाचित भएका दुवै सांसद भ्रष्टचारको आरोपमा मुछिएर कार्यकाल पुरा गर्न नपाएपछि त्यो क्षेत्रका जनता निराश थिए । जसका कारण क्षेत्रको विकासले गति लिन सकेन ।
बेलाबेलामा काठमाडौंबाट आफ्नो पुख्र्यौली गाँउघर आउँदा रुपेशले जनतामा नैराश्यता देखे ।कारण– विकास निर्माणका कामहरु लथालिङ्ग थिए । समस्यामा पर्दा कहाँ गएर सुनाउने भरपर्दा र जनताका माझमा रहिरहने आफ्नो जनप्रतिनिधि थिएनन् ।
योसब देखेर रुपेशलाई राजनीतिमा छिरेर जनताको सेवा गर्ने हुटहुटी जाग्यो । अनि उनि काठमाडौंको कारोबारलाई कम र पुख्र्यौली गाँउको बसाईलाई बढी समय बस्न थाले । क्षेत्रका गाँउ गाँउमा डुलेर त्यहाँका भुंइ तहका समस्याहरु बुझ्ने कोशीश गर्न थाले ।
जुन गाँउमा उनि पुग्थे त्यहाँका भुंइतहका नागरिकसंग संवाद गरेर त्यहाँका समस्याहरु डायरीमा टिपोट गर्थो । जति जति उनि गाँउ डुलेर नागरिकका दुख पीडासंग बुझ्दै गए, बेथितिहरुसंग जानकारी हुदैं गए त्यति त्यति राजनीतिप्रति उनको लगाव बढ्दै गयो र अन्नत उनले पर्सा–३ मै सांसदको चुनाव लड्ने निर्णयपनि लिए ।

चुनाव लड्ने निर्णयमा त पुगे तर दल कुन रोज्ने भन्नेमा उनि अन्योलमै थिए । जेनजी आन्दोलनपछि फागुन २१ को निर्वाचनको मिति घोषणा भएपछि पर्सा–३ का जनतामाझ भिजेको देखेर रुपेशलाई विभिन्न दलबाट प्रस्ताव आउन थाल्यो । तर उनले हतार गरेनन् ।
माघ ६ को मनोनयन दर्ता अघिसम्म उनि उम्मेदवार बन्ने निश्चितप्राय थियो तर कुन दलको भन्ने चाहि अझै टुंगीसकेको थिएन । माघ ४ मा मात्रै रुपेशले एमालेलाई रोज्ने निर्णय गरे र गुण्डु निवासमा पुगेर केपी ओलीबाट पर्सा–३ को टिकट लिए ।

माघ ६ को मनोनय सकाए लगत्तै पर्सा–३ को चुनावी प्रचारमा होमिएका रुपेशको दैनिकी क्षेत्रका मतदाताको घरदैलोमा व्यस्त छ ।दिनहुँ चुनाव लक्षित पार्टीका कार्यक्रममापनि सहभागी भइरहेका छन् । क्षेत्रका अगुवा कार्यकर्तासंग निरन्तर भेटिरहेका छन् ।
मतदातासंगको भेटमा उनिहरुबाट आइरहेको प्रतिकृयाले आँफु उत्साहित भएको रुपेश बताउँछन् । उनि भन्छन्,‘हिजो कस्ले जितेर के गर्यो के गरेन ? त्यसकोपछि म लाग्दिन । न त जनतासामु मैले भाषण गरेर ठूला ठूला आश्वासन नै दिन्छु । भुंंइमान्छेका भुंइतहका समस्या नै मेरो प्राथमिकतामा रहने गरेको छ । म जितेर गएपछि तीनै समस्यहरु मेरो प्राथमिकतामा रहनेछन् ।’

उनि थप्छन् ः यो क्षेत्र र यहाँका जनता वर्षौदेखि ठगिएका छन् । अनेक नारा,आश्वासन र वाचा गरेर यहाँका जनतालाई झुक्याउने मात्र काम हुदैं आएको छ । अब फेरि उनिहरुलाई कसैले त्यस्तै आश्वासन र वाचामा भुलाएर ठग्ने काम गर्यो भने त्यो महापाप हुनेछ । यहि कुरा मनमा राखेर म जनताको बीचमा गइरहेको छु । र जनताबाट पाइरहेको आशीर्वादले मेरो मनोबल बढ्दै गएको छ । उर्जा थपिदै गएको छ । बाँकी कुरा त मेरो इमान्दारिता र मेहनतको मुल्यांकन फागुन २१ मा जनता जनार्दनले अवश्य गर्नु नै हुनेछ ।’

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मानवसेवा आश्रम वीरगञ्जद्वारा ठोरीबाट मानसिक अवस्था कमजोर पुरुषको उद्धार
धर्म

मानवसेवा आश्रम वीरगञ्जद्वारा ठोरीबाट मानसिक अवस्था कमजोर पुरुषको उद्धार

प्रकाशित : २०८२ माघ २७,मंगलवार
रास्वपाको नगवा घरदैलोमा उर्लियो जनसागर, हरि पन्तको पक्षमा अपार जनसमर्थन
मुख्य समाचार

रास्वपाको नगवा घरदैलोमा उर्लियो जनसागर, हरि पन्तको पक्षमा अपार जनसमर्थन

प्रकाशित : २०८२ माघ २७,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद