Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

इनरुवामा रास्वपाको घरदैलोमा जनसागर, सयौंले गरे पार्टी प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २६,सोमबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

पर्सा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्सा क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार हरि पन्तको घरदैलो कार्यक्रमका क्रममा इनरुवामा जनसहभागिता उल्लेख्य देखिएको छ। आज इनरुवामा सम्पन्न घरदैलो तथा मतदाता भेटघाट कार्यक्रममा स्थानीयवासीको ठूलो भीड उर्लिएको थियो।
घरदैलोका क्रममा इनरुवाबासीले शिक्षा, रोजगारी, खानेपानी, सडक तथा सुशासनसँग सम्बन्धित विभिन्न समस्या उम्मेदवार पन्तसमक्ष राखेका थिए। पन्तले ती समस्यालाई गम्भीरताका साथ सुन्दै निर्वाचित भएमा समाधानका लागि सदनसम्म आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे।
घरदैलो कार्यक्रमअघि इनरुवामा आयोजित कोणसभामा सयौं स्थानीयवासी विभिन्न दल परित्याग गरी राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गरेका थिए। पार्टी प्रवेश गर्ने नवप्रवेशीहरूलाई उम्मेदवार पन्तले स्वागत गरेका थिए।
कोणसभा विजय साहको अध्यक्षतामा सम्पन्न भएको थियो। सभाले विजय साहको अध्यक्षतामा २१ सदस्यीय रास्वपा इनरुवा वडा समिति गठन गरेको छ।
समितिको उपाध्यक्षमा राजु प्रसाद यादव, सचिवमा सन्तोष पटेल, सहसचिवमा अजय कुमार महतो र प्रितम कुमार महतो चयन भएका छन्।
समितिका सदस्यहरूमा जटाशंकर पण्डित, रोमन पटेल, मोहन यादव, वीरेन्द्र प्रसाद यादव, अबेश राम, सद्दाम हुसेन, रञ्जित यादव, विजय होदा बनिया, दिलीप यादव, रामसुरै महतो, स्माइल मियाँ, अरुण यादव, राजन यादव, नितेश बानिया, शिवनाथ प्रसाद यादव, झोटी यादव, मोहन पटेल, सिकन्दर महतो, दिनेश साह, परम यादव र रामायण दास रहेका छन्।
कार्यक्रममा स्वागत मन्तव्य सन्तोष पटेलले राखेका थिए भने कार्यक्रमको सहजीकरण अमन आलमले गरेका थिए। कार्यक्रममा वडा सभापति रमेश चौरसियालगायत रास्वपाका नेता–कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २६,सोमबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २६,सोमबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद