Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

गाउँमै रोजगारी र विकासको एजेन्डासहित इनरुवामा रामकिशोर सिंहको जनसम्पर्क

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २४,शनिबार
A A
1
SHARES
6
VIEWS
Share on FacebookShare on Twitter

पर्सा निर्वाचन क्षेत्र नम्बर १ अन्तर्गत बीरगंज इनरुवा गाउँ, वडा नम्बर १६ मा उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) द्वारा आज टोलवासीसँग भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

भेटघाटको क्रममा उम्मेदवार सिंहले स्थानीय बासिन्दासँग प्रत्यक्ष संवाद गर्दै उनीहरूको समस्या, अपेक्षा र सुझाव सुन्नुभएको थियो। सो अवसरमा बोल्दै उहाँले युवाले खोजेको नेतृत्व र चाहेको परिवर्तन युवाबाट नै सम्भव हुने स्पष्ट पार्नुभयो।

उम्मेदवार सिंहले युवालाई रोजगारी र गाउँ–समाजको विकासका विषयमा काठमाडौं वा सहर केन्द्रित सोच आवश्यक नरहेको बताउँदै, गाउँमै बसेर रोजगारी सिर्जना र समग्र विकास गर्न सकिने धारणा व्यक्त गर्नुभयो। साथै, उहाँले वीरगञ्ज महानगरपालिका वडा नम्बर २० मा निर्वाचित भएर गरेको काम र त्यहाँबाट बटुलेको अनुभवलाई अब संघीय संसद भवनसम्म पुर्‍याउने प्रतिबद्धता जनाउनुभयो।

स्थानीय तहमा काम गर्दै जनताको समस्या नजिकबाट बुझेको अनुभवले संसदमा प्रभावकारी रूपमा जनआवाज उठाउने उहाँको भनाइ थियो। कार्यक्रममा टोलवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने उम्मेदवार सिंहप्रति स्थानीय जनताको चासो र विश्वास बढ्दै गएको देखिएको छ।

उज्यालो नेपाल पार्टीले आगामी दिनहरूमा पनि यस्ता जनसम्पर्क तथा भेटघाट कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

श्रीमानको हत्याको आरोपमा श्रिमती पक्राउ
मुख्य समाचार

११ वर्षीय बालकको अपहरणपछि भारतमा हत्या, १७ वर्षीय किशोर पक्राउ

प्रकाशित : २०८२ माघ २४,शनिबार
मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु , एक घाइते
राष्ट्रिय

परवानीपुरमा ईभी गाडीको ठक्करबाट ७ वर्षीय बालकको मृत्युु

प्रकाशित : २०८२ माघ २४,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद