Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज–१६ दक्षिण नगवामा जसपा नेपालको सम्पर्क कार्यालय उद्घाटन, रामनरेश यादवद्वारा व्यापक घरदैलो अभियान सम्पन्न

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २१,बुधबार
A A
2
SHARES
12
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्सा क्षेत्र नम्बर–१ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय नेता रामनरेश यादवले वीरगन्ज महानगरपालिका–१६, दक्षिण नगवामा पार्टीको सम्पर्क कार्यालयको औपचारिक उद्घाटन गर्दै व्यापक घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

सम्पर्क कार्यालय उद्घाटनपश्चात सुरु गरिएको घरदैलो अभियानका क्रममा उम्मेदवार यादवले स्थानीय टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गरेका थिए। सो क्रममा उनले आगामी निर्वाचनका लागि पार्टीका नीति, कार्यक्रम तथा आफ्ना चुनावी प्रतिबद्धताहरू सार्वजनिक गरेका थिए।

मतदातासँगको संवादमा यादवले मधेसको अधिकार, पहिचान र राजनीतिक आत्मसम्मानको रक्षा नै आफ्नो प्रमुख एजेन्डा भएको स्पष्ट पारे। उनले मधेसी जनताको हक–अधिकार सुनिश्चित गर्न तथा राज्य संरचनामा मधेसको आवाज सशक्त रूपमा स्थापित गर्न जसपा नेपाललाई बलियो बनाउनु अपरिहार्य रहेको धारणा व्यक्त गरे।

यादवले मधेस आन्दोलनको जगमा स्थापित पार्टी जसपा नेपालले मात्र नेता, कार्यकर्ता र आम जनताको आत्मसम्मान, अधिकार र स्वाभिमान जोगाउँदै आएको दाबी गरे। “मधेसको मुद्दा उठाउने र त्यसलाई निर्णायक तहसम्म पुर्‍याउने पार्टी जसपा नेपाल मात्र हो,” उनले भने।

उनले आगामी प्रतिनिधिसभा निर्वाचनमा जनता समाजवादी पार्टी नेपालको चुनाव चिह्न ‘छाता’ छापमा मतदान गरी आफूलाई विजयी गराउन मतदातासँग आग्रह गरे। यादवले संसदमा पुगेर पर्सा–१ का जनताको समस्या, आवश्यकता र आवाजलाई मजबुत रूपमा उठाउने प्रतिबद्धता पनि व्यक्त गरे।
घरदैलो कार्यक्रममा जसपा नेपालका स्थानीय नेता–कार्यकर्ता, टोल विकास समितिका प्रतिनिधि तथा समर्थकहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा सहभागी स्थानीयवासीहरूले यादवको उम्मेदवारीलाई मधेसको आवाजलाई संघीय संसदसम्म पुर्‍याउने महत्वपूर्ण अवसरका रूपमा लिएको प्रतिक्रिया दिएका छन्।
स्थानीय मतदाताहरूले यादव जनताबीच निरन्तर सक्रिय, पहुँचयोग्य र मधेसको मुद्दामा स्पष्ट धारणा राख्ने नेता भएको भन्दै उनको उम्मेदवारीप्रति सकारात्मक धारणा व्यक्त गरेका थिए।
जसपा नेपालले पर्सा क्षेत्र नम्बर–१ मा चुनावी गतिविधि तीव्र बनाउँदै घरदैलो, कोणसभा तथा संगठन विस्तारका कार्यक्रमलाई निरन्तरता दिइरहेको जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ २१,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ २१,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद