Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

सहिद परिवारसँग रास्वपा उम्मेदवार हरि पन्तको भेटघाट, जगरनाथपुरमा घरदैलोमा जनसहभागिता

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ २०,मंगलवार
A A
6
SHARES
30
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का पर्सा निर्वाचन क्षेत्र नम्बर–१ का उम्मेदवार हरि पन्तले मधेस आन्दोलनका सहिद दिलिप चौरसियाको परिवारसँग भेटघाट गरेका छन्। मंगलबार जगरनाथपुरमा आयोजित घरदैलो कार्यक्रमका क्रममा उनले सहिद चौरसियाकी आमा रामज्योती देवी, दाजु पृथ्वी नारायण चौरसियालगायत परिवारजनसँग संवाद गरेका हुन्।

भेटघाटका क्रममा सहिद परिवारले मधेस आन्दोलनको जगमा राजनीति गर्दै पछि आन्दोलनकै मर्मविपरीत कदम चालेका दल र नेताप्रति असन्तुष्टि व्यक्त गरे। उनीहरूले आन्दोलनका क्रममा मधेसीमाथि गोली चलाउने शक्तिसँग सहकार्य गरिएकोप्रति दुःख व्यक्त गर्दै अब रास्वपालाई पूर्ण समर्थन रहने बताएका छन्।

रास्वपा उम्मेदवार एवं पर्सा जिल्ला सभापति पन्तले मधेस आन्दोलनका सहिदहरूलाई पनि जेन–जी आन्दोलनका सहिदसरह सम्मान र व्यवहार सुनिश्चित गर्न राज्यलाई दबाब दिने प्रतिबद्धता जनाए। उनले सहिद परिवारको सम्मान केवल घोषणामा सीमित नभई व्यवहारमा देखिनुपर्ने धारणा राखे।

मंगलबार नै सम्पन्न जगरनाथपुरको घरदैलो कार्यक्रममा स्थानीयको उत्साहपूर्ण सहभागिता देखिएको थियो। कार्यक्रम वीरगञ्ज महानगरपालिका–२२ स्थित श्रीराम जानकी मन्दिरमा पूजा–अर्चनाबाट सुरु भई जगरनाथपुर चौक हुँदै विभिन्न टोलहरूमा सञ्चालन गरिएको थियो।

घरदैलोका क्रममा पन्तले स्थानीयवासीसँग प्रत्यक्ष संवाद गर्दै रास्वपाको नीति, उद्देश्य र सुशासन केन्द्रित राजनीतिक दृष्टिकोणबारे जानकारी गराए। स्थानीयले शिक्षा, रोजगारी, खानेपानी, सरसफाइ, सडक र स्वास्थ्य सेवासम्बन्धी समस्या तथा सुझाव राखेका थिए। पन्तले ती समस्यालाई संकलन गर्दै समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा रास्वपाका नेता–कार्यकर्ता, स्थानीय युवा, महिला तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो। निर्वाचन परिचालन समिति वीरगञ्ज–२२, जगरनाथपुरका संयोजक युवराज पटेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबै स्थानीयवासी, कार्यकर्ता र शुभेच्छुकप्रति धन्यवाद व्यक्त गरे।

राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी दिनमा पनि जनस्तरसँग प्रत्यक्ष संवाद र सहभागितामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सामाजिक ऐक्यबद्धताको अनुपम उदाहरण : वीरगञ्ज लेडिज सर्कलको सामूहिक विवाहमा ११ जोडी एकैसाथ वैवाहिक बन्धनमा
धर्म

सामाजिक ऐक्यबद्धताको अनुपम उदाहरण : वीरगञ्ज लेडिज सर्कलको सामूहिक विवाहमा ११ जोडी एकैसाथ वैवाहिक बन्धनमा

प्रकाशित : २०८२ माघ २०,मंगलवार
प्याब्सन टी–२० क्रिकेट : सनलाईट क्वार्टरफाइनलमा, सेन्ट जेभियर्स र मुनलाईट सेमिफाइनलमा
खेलकुद

प्याब्सन टी–२० क्रिकेट : सनलाईट क्वार्टरफाइनलमा, सेन्ट जेभियर्स र मुनलाईट सेमिफाइनलमा

प्रकाशित : २०८२ माघ २०,मंगलवार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद