Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

युवा नेतृत्वको नारा गुञ्जायमान : बीरगञ्ज–२६ मा रास्वपा उम्मेदवार कानुको घरदैलोमा उत्साह

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १७,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

बीरगञ्ज ।
पर्सा क्षेत्र नं. २ अन्तर्गत बीरगञ्ज महानगरपालिका–अठाहा सुगौली २६ नम्बर वडामा शुक्रबार साँझ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार सुशील कुमार कानुको घरदैलो कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। ‘परिवर्तनका वाहक युवा नेतृत्व’ भन्ने नारासहित आयोजित कार्यक्रममा स्थानीय बासिन्दाको उल्लेखनीय सहभागिता देखिएको थियो।
कार्यक्रममा जेन–जी पुस्ता, युवा, महिला, बुद्धिजीवी तथा विभिन्न पेशा–व्यवसायमा आबद्ध स्थानीय नागरिकहरूले खुला रूपमा समर्थन जनाउँदै परिवर्तनको पक्षमा एकजुट भएको सन्देश दिएका छन्। घरदैलो अभियानका क्रममा उम्मेदवार कानुले स्थानीयसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, आवश्यकता र अपेक्षाबारे छलफल गरेका थिए।
स्थानीयवासीहरूले यसपटक पुरानो राजनीतिक अभ्यासबाट बाहिर निस्कँदै इमानदार, पारदर्शी र उत्तरदायी नेतृत्व आवश्यक रहेको धारणा व्यक्त गरे। उनीहरूले युवाको चाहना र समयको मागअनुसारको परिवर्तनका लागि घन्टी चिन्हमा मतदान गर्न आह्वान गरेका छन्।
कार्यक्रममा बोल्दै उम्मेदवार सुशील कुमार कानुले शिक्षा, स्वास्थ्य, रोजगारी, सुशासन तथा भ्रष्टाचार नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले जनताको विश्वास नै आफ्नो सबैभन्दा ठूलो शक्ति भएको उल्लेख गर्दै, जितपछि क्षेत्रको समग्र विकासका लागि निरन्तर लागिरहने बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा
राजनिती

आर्थिक समृद्धिको आधार नेपाली काँग्रेस मात्रै हो : अनिल रुङटा

प्रकाशित : २०८२ माघ १७,शनिबार
वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित
मुख्य समाचार

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित

प्रकाशित : २०८२ माघ १७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद