Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वीरगन्ज–१२ मा एमालेको पार्टी प्रवेश कार्यक्रम सम्पन्न

जसपाका केन्द्रीय सदस्य नेक महमद अन्सारीसहित दर्जनौँ नेता एमालेमा प्रवेश

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १७,शनिबार
A A
1
SHARES
4
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज, १७ माघ । वीरगन्ज महानगरपालिका वडा नम्बर १२ मा शनिबार नेकपा (एमाले) को पार्टी प्रवेश कार्यक्रम सम्पन्न भएको छ। एमालेले सञ्चालन गरिरहेको संगठन विस्तार तथा जनसमर्थन सुदृढीकरण अभियानअन्तर्गत आयोजित कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा) का केन्द्रीय सदस्य नेक महमद अन्सारी सहित विभिन्न नेता–कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।

मूर्लीस्थित मूर्ली पोखरी पसिर क्षेत्रमा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति पर्साका पूर्वप्रमुख तथा जसपाका केन्द्रीय सदस्य नेक महमद अन्सारी, जसपा नेपालका जिल्ला सदस्य मदन साह कानु, मुस्तकीम हवारी लगायतका नेताहरूले पार्टी परित्याग गरी एमालेमा प्रवेश गरेका हुन्। उनीहरूसँगै दर्जनौँ स्थानीय कार्यकर्ताले पनि एमालेको सदस्यता लिएका छन्।

नवप्रवेशी नेता तथा कार्यकर्तालाई पर्सा निर्वाचन क्षेत्र नम्बर २ का एमाले उम्मेदवार प्रदीप यादव, एमाले केन्द्रीय सदस्य तथा वीरगन्ज महानगरपालिकाका पूर्वमेयर विजय सरावगी लगायतका नेताहरूले अबीर टीका लगाउँदै गम्छा ओढाएर पार्टीमा स्वागत गरेका थिए।

कार्यक्रमलाई सम्बोधन गर्दै एमाले उम्मेदवार प्रदीप यादवले देश विकास, सुशासन र समृद्ध नेपाल निर्माणको साझा लक्ष्यलाई आत्मसात गर्दै विभिन्न दलका जिम्मेवार नेताहरू एमालेमा प्रवेश गर्नु सकारात्मक सन्देश भएको बताए। “एमाले विचार, नीति र नेतृत्वप्रति विश्वास गरेर प्रवेश गर्ने सबै साथीहरूको योगदानको पार्टीले उच्च मूल्यांकन गर्छ,” यादवले भने, “यसले हाम्रो अभियानलाई अझ मजबुत बनाएको छ।”

उनले सामूहिक प्रयास, एकता र दृढ संकल्पका साथ अघि बढेमा जनताको विश्वासलाई सार्थक बनाउँदै राष्ट्र निर्माणको यात्रामा सफलतापूर्वक अघि बढ्न सकिने विश्वास व्यक्त गरे। एमालेले विकास, स्थायित्व र सुशासनलाई प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गर्दै उनले आगामी निर्वाचनमा जनताको बलियो समर्थन प्राप्त हुने दाबी गरे।

कार्यक्रममा नवप्रवेशी नेता नेक महमद अन्सारीले एमालेको नीति, नेतृत्व र राष्ट्रप्रतिको स्पष्ट दृष्टिकोणबाट प्रभावित भएर पार्टी प्रवेश गरेको बताए।
उनले देश र जनताको हितमा काम गर्न सक्ने बलियो शक्ति एमाले भएको भन्दै आगामी दिनमा पार्टीको संगठन विस्तार र अभियानमा सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता जनाए।
उक्त कार्यक्रममा प्रदेशसभा सदस्य जन्नत अन्सारी, एमालेका नेताहरू इश्वरचन्द्र यादव, लियाकत अली, मानदेव हजरा लगायतको पनि उपस्थिति रहेको थियो। वक्ताहरूले पार्टी प्रवेश कार्यक्रमले वीरगन्ज–१२ मा एमालेको संगठन अझ सुदृढ बनेको र आगामी निर्वाचनमा सकारात्मक परिणाम आउने विश्वास व्यक्त गरे।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित
मुख्य समाचार

वीरगन्ज–१८ मा राजनीतिक तरंग : वडाध्यक्ष तिवारीसहित जनप्रतिनिधि एमालेमा समाहित

प्रकाशित : २०८२ माघ १७,शनिबार
४ सयभन्दा बढी जेन्जी युवा रास्वपामा प्रवेश
मुख्य समाचार

४ सयभन्दा बढी जेन्जी युवा रास्वपामा प्रवेश

प्रकाशित : २०८२ माघ १७,शनिबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद