Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

वर्षायामको डुबानबाट राहत पाए वीरगञ्जका तीन वडाका बासिन्दा

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १६,शुक्रबार
A A
1
SHARES
5
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज — वर्षाको पानी निकास नहुँदा लामो समयदेखि डुबानको सास्ती खेप्दै आएका वीरगञ्ज महानगरपालिकाका वडा नम्बर १७, २४ र २६ का बासिन्दाले राहत पाएका छन्। महानगरले योजनाबद्ध रूपमा वर्षायाममा हुने डुबानको समस्या समाधान गरेपछि स्थानीय बासिन्दा खुसी भएका हुन्।

ती वडामा वर्षाको पानीको प्राकृतिक निकास अवरुद्ध हुनु, पर्याप्त नाला र पाइपलाइनको अभावका कारण हरेक वर्ष बस्तीहरू जलमग्न हुने गरेका थिए। सडक र घर–आँगनमा पानी जम्ने, घरभित्रै पानी पस्ने तथा आवतजावत ठप्प हुने समस्याले स्थानीयको दैनिक जनजीवन कष्टकर बन्दै आएको थियो।

यसअघि पनि समस्या समाधानका लागि पटक–पटक प्रयास भए तापनि स्थानीय तहमा सहमति नजुट्नु र प्राविधिक अवरोधका कारण दीर्घकालीन समाधान हुन सकेको थिएन।

यसपटक भने महानगर प्रमुख राजेशमान सिंहको सक्रियतामा प्रमुख जिल्ला अधिकारी, पर्साका प्रहरी प्रमुख तथा सम्बन्धित सरोकारवालाबीच समन्वय गरी अवरुद्ध पानी निकास खोल्न पहल गरिएको थियो। स्थानीय बासिन्दासँग निरन्तर संवादपछि निकास खोल्ने सहमति जुटेको जनाइएको छ।

महानगरको प्राविधिक टोलीले स्थलगत निरीक्षण गरी पानी जम्ने मुख्य बिन्दुहरूको पहिचान गरेपछि ती स्थानमा ठूला ह्युम पाइप (ड्रेनेज पाइप) जडान गरी संरचनागत सुधार गरिएको हो। नयाँ संरचना निर्माणपछि वर्षौँदेखि जमेर बस्ने पानी सहजै बाहिर निस्कन थालेको छ।
स्थानीय बासिन्दाले लामो समयदेखिको समस्या समाधान भएकोमा महानगरप्रति आभार व्यक्त गर्दै अब वर्षायाममा ढुक्कले बस्न पाउने विश्वास व्यक्त गरेका छन्।

महानगरका प्रमुख प्रशासकीय अधिकृत अरविन्द लाल कर्णले यसलाई शहरी व्यवस्थापनको महत्वपूर्ण उपलब्धि भएको बताएका छन्। उनका अनुसार आगामी दिनमा महानगरले अन्य डुबान प्रभावित क्षेत्रहरूको पहिचान गरी क्रमशः पानी निकासको काम अघि बढाउने योजना बनाएको छ।

साथै, निर्माण भएका संरचनाको नियमित अनुगमन, मर्मत र सरसफाइलाई प्राथमिकतामा राख्दै शहरी पूर्वाधारलाई थप सुदृढ बनाइने उनले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट
मुख्य समाचार

पर्सा–२ मा काँग्रेस उम्मेदवार चौरसियाको समर्थनमा नेविसंघ र तरुण दलका युवा एकजुट

प्रकाशित : २०८२ माघ १६,शुक्रबार
शहीदको संकल्पबाट चुनावी बिगुल – पर्सा– ३ मा रूपेश पाण्डेको निर्णायक उदय, पुरानो राजनीतिलाई खुला चुनौती
मुख्य समाचार

शहीदको संकल्पबाट चुनावी बिगुल – पर्सा– ३ मा रूपेश पाण्डेको निर्णायक उदय, पुरानो राजनीतिलाई खुला चुनौती

प्रकाशित : २०८२ माघ १६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद