Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

शहीदहरूको सम्मान र दीर्घकालीन परिवर्तनको प्रतिबद्धता : रास्वपा उम्मेदवार सुशील साह

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १६,शुक्रबार
A A
2
SHARES
9
VIEWS
Share on FacebookShare on Twitter

पर्सा–२ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नयाँ नेतृत्वका उम्मेदवार सुशील साहले जेन–जी आन्दोलन मात्र नभई मधेस आन्दोलन तथा देशभर परिवर्तनका लागि भएका सबै आन्दोलनका क्रममा बलिदान दिएका सम्पूर्ण शहीदहरूको सम्मान गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
मधेस आन्दोलनमा शहिद भएकाहरूको स्मृतिमा साहले शुक्रबार वीरगञ्जको घण्टाघरस्थित मधेशी शहिद पार्कमा शहिदहरूलाई श्रद्धाञ्जली अर्पण गरेका हुन्।
सो अवसरमा साहले शहिदहरूले देखाएको मार्गलाई आत्मसात गर्दै सबै निकायको सहयोग र समन्वयमा एकीकृत दीर्घकालीन योजना तयार गरी अघि बढ्ने बताएका छन्।
पर्सा–२ मा भइरहेको चुनावी अभियानका क्रममा उनले शहिदहरूको बलिदानीबाट प्राप्त लोकतन्त्र, अधिकार र परिवर्तनलाई संस्थागत गर्नु आजको मुख्य आवश्यकता भएको उल्लेख गरे।
उनका अनुसार शहिदहरूको सपना साकार पार्न शिक्षा, रोजगारी, सुशासन र समावेशी विकासलाई केन्द्रमा राख्दै दीर्घकालीन नीति तथा कार्यक्रम लागू गरिनेछ।
रास्वपाले पुरानो राजनीतिक अभ्यासभन्दा फरक ढंगले जवाफदेही र पारदर्शी नेतृत्व प्रदान गर्ने दाबी गर्दै शहिदप्रति सम्मान र जनताप्रति उत्तरदायित्वलाई आफ्नो मूल आधार बनाएको साहले बताए।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु
मुख्य समाचार

मोटरसाइकल दुर्घटना हुदाँ जनमत पार्टीका केन्द्रीय सदस्य पाण्डेको मृत्युु

प्रकाशित : २०८२ माघ १६,शुक्रबार
एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला
मुख्य समाचार

एपेक्स म्यानेजमेन्ट कलेजमा बीबीए प्रथम सेमेस्टरका विद्यार्थीको परिचयात्मक कार्यक्रम सम्पन्न, २०२६ इन्टेकका लागि भर्ना खुला

प्रकाशित : २०८२ माघ १६,शुक्रबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद