Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

पर्सा–१ मा उज्यालो नेपाल पार्टीका उम्मेदवार रामकिशोर सिंह (पराग)द्वारा घरदैलो कार्यक्रमको औपचारिक सुरुवात

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १५,बिहीबार
A A
3
SHARES
15
VIEWS
Share on FacebookShare on Twitter

पर्सा निर्वाचन क्षेत्र नम्बर १ मा उज्यालो नेपाल पार्टीका प्रतिनिधि सभा सदस्य उम्मेदवार रामकिशोर सिंह (पराग) ले आजदेखि औपचारिक रूपमा घरदैलो कार्यक्रमको सुरुवात गर्नुभएको छ।

घरदैलो कार्यक्रम वीरगञ्जस्थित सौराहा गाउँबाट प्रारम्भ भई भवानिपुर, मनिहारी गाउँ, इनरुवा गाउँ हुँदै हरपतगञ्ज आपौनी गाउँमा पुगेर समापन गरिएको थियो। कार्यक्रमका क्रममा उम्मेदवार सिंहले स्थानीय जनतासँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको समस्या, अपेक्षा र सुझाव सुन्नुभएको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै उम्मेदवार सिंहले भन्नुभयो,
“युवाले खोजेको नेतृत्व र चाहेको परिवर्तन युवाबाट नै सम्भव हुन्छ। शिक्षा, स्वास्थ्य, रोजगारीका अवसर र गाउँ–समाजको विकासका लागि काठमाडौंमै धाउनु पर्दैन, गाउँमै बसेर पनि विकास सम्भव छ।”

उहाँले सिंहदरबार काठमाडौंमै मात्र सीमित नहुनुपर्ने उल्लेख गर्दै,
“अब हरेक गाउँ–घरमा सिंहदरबारको अनुभूति गराउने हाम्रो लक्ष्य हो,”
भन्दै समावेशी विकास, स्थानीय रोजगारी सृजना र गाउँ केन्द्रित नीति आवश्यक रहेको धारणा राख्नुभयो।

घरदैलो कार्यक्रममा स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहेको थियो भने उज्यालो नेपाल पार्टीप्रति जनताको उत्साह र विश्वास बढ्दै गएको देखिएको छ। उम्मेदवार सिंहले आगामी दिनहरूमा पनि निर्वाचन क्षेत्रभित्र निरन्तर जनसम्पर्क र संवादलाई प्राथमिकता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १५,बिहीबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद