Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

“भाषण होइन, काम चाहियो” नारासहित पर्सा–३ मा एमालेको शक्ति प्रदर्शन, पाण्डेप्रति बढ्दो जनविश्वास

by प्रणय साह
प्रकाशित : २०८२ माघ १५,बिहीबार
A A
3
SHARES
17
VIEWS
Share on FacebookShare on Twitter

वीरगञ्ज । पर्सा जिल्लाको निर्वाचन क्षेत्र नम्बर–३ अन्तर्गत पकहामैनपुर गाउँपालिकाको वडा नम्बर २ मा नेकपा एमालेले आज आयोजना गरेको घरदैलो कार्यक्रम उत्साहपूर्ण रूपमा सम्पन्न भएको छ। कार्यक्रमको क्रममा उर्लिएको जनसागर, आम नागरिकको स्वतःस्फूर्त सहभागिता र समर्थनले स्थानीय राजनीतिक माहोल झनै तातिएको देखिएको छ।

घरदैलोका क्रममा नेकपा एमालेका प्रतिनिधिसभा सदस्य उम्मेदवार रूपेश कुमार पाण्डेलाई स्थानीयवासीले खुलेर साथ, समर्थन र आशिर्वाद दिएका छन। “भाषण होइन, काम चाहियो” भन्ने स्पष्ट नारासहित अघि बढिरहेका पाण्डेको विकासमुखी सोच, युवामैत्री भिजन र व्यवहारिक योजनाको स्थानीयस्तरमै कदर भएको देखिएको छ।

स्थानीय नागरिकहरूसँगको प्रत्यक्ष संवादमा पाण्डेले क्षेत्रको समग्र विकास, रोजगारी सिर्जना, शिक्षा–स्वास्थ्यको गुणस्तर सुधार, पूर्वाधार विस्तार तथा सुशासनप्रतिको प्रतिबद्धता दोहोर्‍याएका थिए। उनका यी योजनाले विगतको निराश राजनीतिबाट दिक्क भएका मतदातामा नयाँ आशा जगाएको स्थानीयको प्रतिक्रिया छ।

घरदैलो कार्यक्रममा सहभागी सर्वसाधारणले “अब परिवर्तन चाहियो”, “पुरानै अनुहार होइन, नयाँ सोच र काम गर्ने प्रतिनिधि चाहियो” भन्दै पाण्डेप्रति विश्वास व्यक्त गरेका छन। यसले पर्सा–३ मा परिवर्तनको पक्षमा जनमत बलियो बन्दै गएको संकेत देखिएको छ।

फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा पकहामैनपुर–२ मा देखिएको जनउत्साहले नेकपा एमाले र उम्मेदवार रूपेश कुमार पाण्डेको स्थितिलाई थप मजबुत बनाएको छ। बढ्दो जनसमर्थन र स्थानीय स्तरमा प्राप्त विश्वासका आधारमा यस निर्वाचनबाट पर्सा–३ को राजनीतिक मुहार फेरिने सम्भावना प्रबल बन्दै गएको देखिन्छ।

घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रीय कमिटी सदस्य तथा पर्सा जिल्ला इन्चार्ज प्रभु हजरा, केन्द्रिय कमिटी सदस्य निर्मला देवकोटा, पुर्व प्रदेश सभा सदस्य मंजुर,अखिल नेपाल पिछडावर्ग (ओबिसी)महासंघका राष्ट्रिय अध्यक्ष तेजप्रकाश नेपाली निषाद, सखुवा प्रसौनी गाउँपालिका प्रमुख जसवंत यादव, एमाले नेता बिजय चौरसिया, अकलेश कुमार साह, र उत्तम तिवारी, कौशल साह, राकेश महतो, संतोष महतो, उपेन्द्र सहनी लगायत स्थानीय नेता कार्यकर्ता तथा बुद्धिजीवी, महिला, युवाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस
मुख्य समाचार

परवानीपुर गाउँपालिकामा तालिम बजेटमा अनियमितताको आरोप–महालेखा प्रतिवेदनले उठायो प्रश्न, राजनीतिक जवाफदेहितामाथि बहस

प्रकाशित : २०८२ माघ १५,बिहीबार
हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी
मुख्य समाचार

हेयर ट्याग सैलुनसँग आबद्ध व्यक्तिहरू विरुद्ध यात्रा डेलीद्वारा प्रहरीमा उजुरी

प्रकाशित : २०८२ माघ १५,बिहीबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद