नेपाल नर्सिङ संघ, पर्सा शाखाद्वारा आयोजित ६४औँ राष्ट्रिय नर्स दिवसको अवसरमा वीरगञ्ज नर्सिङ क्याम्पसको सभाहलमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ।
संघकी अध्यक्ष डा. कल्पना पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नारायणी अस्पतालका कार्यवाहक मेडिकल सुपरिन्टेन्डेन्ट डा. चित्तरञ्जन साह प्रमुख अतिथि रहनु भयो।
प्रतियोगितामा ब्याचलर, PCL तथा नर्सिङ स्टाफतर्फ विभिन्न कलेज र अस्पतालका सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए। कार्यक्रम सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूर्ण अतिथि, निर्णायक, सहभागी तथा आयोजकप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
आफ्नो प्रतिक्रिया दिनुहोस



