Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

जसपा उम्मेदवार टेमानीद्वारा आचारसंहिता उल्लङ्घन, नारायणी अस्पतालमा कपडा वितरण

by अनलाईन वीरगंज
प्रकाशित : २०८२ माघ १४,बुधबार
A A
2
SHARES
10
VIEWS
Share on FacebookShare on Twitter

वीरगन्ज । पर्सा क्षेत्र नम्बर २ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार अशोक टेमानीले निर्वाचन आचारसंहिता उल्लङ्घन गरेको आरोप लागेको छ। निर्वाचन आयोगले फागुन २१ देखि लागू गरेको निर्वाचन आचारसंहिता विपरीत उनले वीरगन्जस्थित नारायणी अस्पतालमा नवजात शिशु र सुत्केरी महिलालाई कपडा वितरण गरेका हुन्।

निर्वाचन आचारसंहिता २०८२ को परिच्छेद ४, बुँदा नम्बर १३ अन्तर्गत राजनीतिक दल, उम्मेदवार तथा सम्बन्धित व्यक्तिले विभिन्न संस्था वा व्यक्तिलाई नगद वा जिन्सी वितरण गर्न, आर्थिक सहायता दिन वा दिने घोषणा गर्न नपाउने व्यवस्था छ। तर उक्त प्रावधान लागू रहेकै अवस्थामा उम्मेदवार टेमानीले अस्पतालमा सामग्री वितरण गरेको पाइएको छ।

बुधबार जेन्जी युवा समूहका नेता राहुल गुप्ताको नेतृत्वमा आयोजित कार्यक्रममा उम्मेदवार टेमानी प्रमुख अतिथिका रूपमा सहभागी थिए। कार्यक्रममा १३५ जना नवजात शिशु र सुत्केरी महिलालाई कपडा वितरण गरिएको आयोजक पक्षले जनाएको छ।

यस विषयमा प्रतिक्रिया दिँदै पर्सामा गठित निर्वाचन आचारसंहिता अनुगमन उपसमितिका संयोजक तथा सहायक प्रमुख जिल्ला अधिकारी विनोद पोखरेलले उम्मेदवारको यस्तो गतिविधि निर्वाचन आचारसंहिता विपरीत भएको बताए। “यो आचारसंहिता उल्लङ्घन हो। यदि औपचारिक उजुरी परेमा छानबिन गरेर कानुनअनुसार कारबाही प्रक्रिया अघि बढाइन्छ,” उनले भने।

निर्वाचनको संवेदनशील समयमा सार्वजनिक अस्पतालजस्तो स्थानमा उम्मेदवारको उपस्थितिमा सामग्री वितरण हुनु मतदातालाई प्रभावित पार्ने उद्देश्यसँग जोडिएको हुन सक्ने भन्दै स्थानीयस्तरमा आलोचना सुरु भएको छ।

यस विषयमा उम्मेदवार टेमानीको धारणा लिन सम्पर्क गर्न खोज्दा उनको मोबाइल फोन नउठेको जनाइएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

अनलाईन वीरगंज

Related Posts

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक
मुख्य समाचार

सांसद पन्तको पहलले दिलायो न्यायिक सफलता, राजमार्गहरूमा कर उठाउन रोक

प्रकाशित : २०८२ माघ १४,बुधबार
वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन
आर्थिक

वीरगंजमा सडक विस्तारपछि जोखिमपूर्ण संरचनामा व्यापार नचलाउन प्रशासनको कडा निर्देशन

प्रकाशित : २०८२ माघ १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद