Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
  • होमपेज
  • समाचार
    • राष्ट्रिय
    • अन्तराष्ट्रिय
    • राेचक
  • राजनिती
  • खेलकुद
  • शिक्षा
  • बिचार ब्लग
  • अन्य
    • समाज
  • प्रदेश खबर
  • Online Birgunj Tv
No Result
View All Result
Online Birgunj
No Result
View All Result
Home मुख्य समाचार

बारामा आमा–छोराको हत्या, बुहारीसहित दुई जना पक्राउ

by प्रणय साह
प्रकाशित : २०८२ माघ १४,बुधबार
A A
7
SHARES
36
VIEWS
Share on FacebookShare on Twitter

बारा जिल्लाको परवानीपुर गाउँपालिका–१ रहरियाडीमा आक्रमणमा परी आमा–छोराको मृत्यु भएको छ भने परिवारका अन्य दुई सदस्य घाइते भएका छन्।
आक्रमणमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको ज्यान गएको हो। घटनामा सुमित्राका ५० वर्षीय श्रीमान् जगरुप मण्डल र २२ वर्षीया छोरी रिना कुमारी मण्डल घाइते भएका छन्। घाइते दुवैको परवानीपुरस्थित एलएसआर न्यूरो अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न भएको आरोपमा मृतक परिवारकै बुहारी र अर्का एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। प्रहरी स्रोतका अनुसार पक्राउ परेका युवक २६ जनवरी (१२ माघ) मा मात्रै दुबईबाट नेपाल फर्किएका थिए।
प्रारम्भिक अनुसन्धानका क्रममा बुहारी र ती युवकबीच विवाहेत्तर सम्बन्ध रहेको आशंका गरिएको छ। उक्त सम्बन्धबारे परिवारमा थाहा पाएपछि विवाद बढ्दै गएर योजनाबद्ध रूपमा आक्रमण भएको हुन सक्ने प्रहरीको अनुमान छ।
एक अनुसन्धान अधिकृतले भने, “घटनाका सबै पक्षबारे गहिरो अनुसन्धान भइरहेको छ। प्रारम्भिक विवरणका आधारमा हत्या योजनाबद्ध देखिए पनि थप अनुसन्धानपछि मात्रै यथार्थ पुष्टि हुनेछ।”
घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

प्रणय साह

Related Posts

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप
आर्थिक

वडा कार्यालयमा छलफलका क्रममा एक युवकमाथि कुटपिट भएको आरोप

प्रकाशित : २०८२ माघ १४,बुधबार
मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस
मुख्य समाचार

मेनरोड क्षेत्रका प्रभावित बासिन्दाद्वारा सिटी जुलुस

प्रकाशित : २०८२ माघ १४,बुधबार
ADVERTISEMENT

लुकई माई मिडिया प्रा.लि. द्वारा संचालित

Online Birgunj

वीरगन्ज – १५, पर्सा

सूचना विभाग दर्ता नम्बर : २८५४/२०७८/७९

© 2024

No Result
View All Result
  • राजनिती
  • शिक्षा
  • खेलकुद